coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निरभ मोदीलाई पक्राउ गरिदिन हङकङलाई भारतको आग्रह

नयाँ दिल्ली – राज्य सञ्चालित पञ्जाब राष्ट्रिय बैंकको दुई अर्ब ८० करोड अमेरिकी डलर ठगीका मुख्य संदिग्ध हीरा व्यापारी निरभ मोदीलाई पक्राउ गरिदिन भारतले हङकङसमक्ष आग्रह गरेको छ।

बैंक ठगीमा आरोप लागेर फरार रहेका मोदी चिनियाँ सीमा भित्र रहेको हुनसक्ने भन्दै भारत सरकारले हङकङसमक्ष यस्तो आग्रह गरेको बताइएको छ। भारतमा हालसम्मकै सबैभन्दा ठूलो बैंक घोटालामा हीरा व्यापारी निरभ मोदीसहित आभूषण व्यापारी मेहुल चौकसीको समेत संलग्नता रहेको आरोप लागेको छ। निरभ र मेहुल मामा–भान्जा हुन् । दुवैले पञ्जाब बैंकका कर्मचारीको मिलोमतोमा देशकै ठूलो बैंकमा घोटाला गरेको बताइएको छ।

यसै वर्षको फेब्रुअरी महिनामा संघीय प्रहरीले बैंक घोटालाका बारेमा अनुसन्धान थालेदेखि नै फरार रहेका मोदी र चोकसीका बारेमा केही जानकारी नभएको बताइएको छ।

‘जन गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ सरकारसमक्ष मन्त्रालयले निरभ दिपक मोदीविरुद्ध अस्थायी पक्राउ आग्रह गरेको छ,’ भारतका विदेश राज्यमन्त्री भिके सिंहले बिहीबार देशको संसद्समक्ष बताएका थिए।

बैंक घोटलाकाण्ड सार्वजनिक हुनुभन्दा अघि नै भारत छोडेका मोदी र चोकसी दुवैको राहदानी रद्द गरिएको छ। मोदीलाई पक्राउ गरिदिनका लागि हङकङसमक्ष भारतले मार्च २३ का दिन आग्रह गरको विदेश राज्यमन्त्री सिंहलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अमेरिकाको न्युयोर्कदेखि हङकङसम्म बुटिक सञ्जालका मालिक भारतका हीरा व्यापारी मोदी र चाकसी दुवैले भने आफूहरुले केही गलत कार्य नगरेको दाबी गर्दै आइरहेका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App