८ वैशाख २०८१ शनिबार
खेल

म्यानचेष्टर डर्बिमा युनाइटेडले मार्‍यो बाजी, पोग्बा नायक

इङल्याण्ड – इङलिस प्रिमियर लिगको म्यानचेष्टर डर्बिमा म्यानचेष्टर युनाइटेडले बाजी मारेको छ। शनिबार राति भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई ३–२ ले हरायो।

यो खेल जितेको भए सिटीले  प्रिमियर लिग फुटबलको उपाधि जित्ने थियो। सिटीले २–० को नतिजा जोगाउन नसक्दा पराजित हुनुपर्‍यो। भिसेण्ट कम्पनीले २५ औं र इल्काए गुण्डोगानले ३० औं मिनेटमा गोल गरेपछि खेलमा सिटीले २ शुन्यको+ अग्रता लिएको थियो।

तर म्यानचेष्टर युनाइटेडका लागि पउल पोग्बाले ५३ र ५५ औं र क्रिस स्मालिङले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई जिताए।

नतिजापछि म्यानचेष्टर सिटीको ३२ खेलबाट ८४ अंक सहित शीर्ष स्थान र समान खेलबाटै ७१ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ।

प्रिमियर लिग अन्तर्गत रातिनै सम्पन्न अन्य खेलमा न्यूक्यासल युनाइटेडले लेष्टर सिटी, बर्नलेले वाट्फोर्ड र टोटेनह्यामले स्टोक सिटीलाई समान २–१ ले पराजित गर्दा बोर्नमाउथ र क्रिष्टल प्यालेसले २–२, ब्राईटन र हडल्सफिल्ड टाउन साथै वेष्ट ब्रोमले स्वान्सीले १–१ को बराबरी खेलेका छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App