coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘पुरुष’ लिएर आइन् सरिता

काठमाडौं– पत्रकार तथा साहित्यका सरिता अर्यालको  ‘पुरुष’शीर्षकको कथा संग्रह सार्वजनिक भएको छ। शनिबार शिल्पी थिएटरमा कृतिको पम्फा भुसाल, यशोदा तिम्सिना, कुन्ता शाह, हिरण्यकुमारी पाठक, सुष्मा शाह, स्मिता घिमिरे र लेखक स्वयंले पुस्तकको लोर्कापण गरे। पुस्तकमाथि साहित्यकार महेश पौडेल र राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले टिप्पणी गरेका थिए।

पुस्तक सार्वजनिक कार्यक्रमा बोल्दै टिप्पणीकार महेश पौडेलले सरिता अर्यालका कथा विषयवस्तुका हिसाबले समसामयिक र यथार्थ नजिक भए पनि कतिपय कथामा लेखकीय हस्तक्षेप खट्कने खालको रहेको बताए । ‘संग्रहमा अटाएका धेरै कथाहरू हाम्रै वरिपरीबाट टिपिएका छन् जुन संग्रहको सुन्दर पक्ष हो । तर समाजमा घट्ने थुप्रै मुद्दामा लेखक र पत्रकारको भूमिका फरक फरक हुन्छ। केही कथामा सरिताजीको पत्रकार व्यक्तित्व कथाकारमा हाबी भएको देखिन्छ,’ पौडेलले भने, ‘कथा संग्रह पठनीय छ।’

सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले भने पुस्तकको शीर्षकतर्फ संकेत गर्दै आफू महिला पुरुष बराबर नहुने मान्यताको पक्षपाति रहेको बताइन् । ‘संग्रहका धेरै कथामा ६० कटेका पुरुषलाई नकारात्मक रुपमा चित्रण गरिएको छ जुन कुरा मैले बुझन् सकिनँ । अनि नारीवादको कुरा गर्दा म नारी पुरुष बराबर हुन् र हुनुपर्छ भन्ने कुरा मान्दिन । बराबर हैनन्। हामीले स्रोत र अवसरमा बराबरीको कुरा गर्ने हो, अरुमा हैन,’ उनले भनिन्। 

जवाफमा सरिता अर्यालले आफूले पुरुषलाई गाली गर्ने मनसायले किताब नलेखेको स्पष्टीकरण दिँदै पुस्तकका सबै कथामा पुरुषको उपस्थिति बलियो देखेकाले सोही नाममा कथा संग्रह निकालेको जानकारी गराइन्। ‘संग्रहमा अटाएका १६ कथामध्ये सबैभन्दा पहिले लेखिएको कथा नै पुरुष हो । पछि अरु कथामा पनि पुरुष पात्रको उपस्थिति राम्रो देखेकाले यो नाम जुराएकी हुँ,’ उनले भनिन् । पुस्तकलाई बिएन प्रकाशन गृहले प्रकाशन गरेको हो।

प्रकाशित: २५ चैत्र २०७४ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App