coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रूपकलाई उपाधि

काठमाडौं – सतुंगल फिट्नेस फस्टका रूपक लगुनले शनिबार मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजिक च्याम्पियनसिपको उपाधि जितेका छन्।

रूपकले  सतुंगलकै अमर गमाल र ६० केजी स्पर्धाका विजेतालाई अन्तिम राउन्डमा पराजित गर्दै उपाधि हात पारेका हुन् । यसअघि रूपकले ७० केजीमाथिकौ स्पर्धामा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । विजयी रूपकले ३५ हजार पुरस्कार पाए।

यस्तै, पुरुष फिजिक १ सय ६५ सेन्टिमिटर उचाइमुनि सतुंगलका राजेश तामाङ र १ सय ६५ सेन्टिमिटर उचाइमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए भने सतुंगलकै सूर्य थापा उत्कृष्ट पोजर बने । विजयी सबैले  ५÷५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । प्रतियोगितामा ३४ खेलाडीले सहभागिता जनाएका थिए।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App