८ वैशाख २०८१ शनिबार
खेल

नेतृत्वले राजीनामा नदिने

ब्रिसबेन – अस्ट्रेलियन क्रिकेटका उच्च पदाधिकारीले बल टेम्परिङ प्रकरणका कारण शीर्ष नेतृत्वले राजीनामा नदिने बताएका छन्।

साथै ती पदाधिकारीले अस्ट्रेलियाले यस घटनाबाट पाठ सिक्दै खेलाडी खेलभावनामा रहेको वा नरहेको समीक्षा गर्ने घोषणा गरेका छन्।

पूर्वकप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरसहित ओपनर ब्याट्सम्यान क्यामरुन बेनक्रफ्ट दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टदौरान बल टेम्परिङ भएपछि क्रिकेट अस्ट्रेलिया (सिए) नेतृत्वको चर्को आलोचना भएको थियो।

घटनालगत्तै सिएले स्मिथ र वार्नरलाई एक वर्ष र बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो । तीनै जनाले बल टेम्परिङको घटनामा आफ्नो संलग्नता रहेको स्विकार्दै सिएको निर्णयको सम्मान गर्ने बताइसकेका छन्।

‘बल टेम्परिङको घटना निन्दनीय छ । यस घटनाका कारण अष्ट्रेलियनहरू बिनाकारण नै आलोचित हुनुपरेको छ।’

क्रिकेट समीक्षकले उक्त घटनामा सिएको संलग्नता भए वा नभएको भन्दै छानबिन गर्न माग गरिरहँदा सिएका प्रमुख डेभिड पिभरले तत्काल राजीनामा दिने सोच नभएको बताए । उनको यस्तो धारणा बाहिरिएसँगै सिएका अध्यक्ष जेम्स सुथरल्यान्डमाथिको दबाब पनि हटेको छ।

‘सुथरल्यान्डमाथि राजीनामाका लागि कुनै दबाब छैन,’ पिभरले भने, ‘उनलाई बोर्डको पूर्ण समर्थन छ ।’ ‘मलगायतका पदाधिकारीलाई राजीनामा दिनुपर्छ भन्ने कुनै दबाब आएको छैन,’ पिभरले थपे, ‘हामी यो कठिन स्थितिबाट अस्ट्रेलियाली क्रिकेटलाई पुनः सामान्य अवस्थामा फर्काउन लागिपरेका छाैं । हामी यस घटनाको अध्ययन गरिरहेका छौं । हामी चौतर्फी आलोचित बने पनि यो समय भनेको दोषारोपण गर्ने होइन ।’
अष्ट्रेलियाली सरकारले यस घटनाका लागि छुट्टै छानबिन समिति पनि बनाएको छ।

यता अस्ट्रेलियाका स्पिनर शेन वार्नले बल टेम्परिङको घटनापछि दबाबमा रहेका अस्ट्रेलियाली खेलाडी थप दुव्र्यवहारमा परेको गुनासो गरेका छन् । वार्नले यस घटनाबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए।

‘बल टेम्परिङको घटना निन्दनीय छ,’ वार्नले भने, ‘यस घटनाका कारण अष्ट्रेलियनहरू बिनाकारण नै आलोचित हुनुपरेको छ ।’

स्मिथ, बेनक्रफ्टले प्रतिबन्धपछि क्रिकेटमा फर्कने बताए पनि वार्नरले भने अस्ट्रेलियाली टोलीबाट नखेल्ने घोषणा गरिसकेका छन् । घटना सार्वजनिक भएपछि राजस्थान रोयल्सका कप्तान स्मिथ र सनसाइजर्स हैदराबादका कप्तान वार्नरमाथि प्रतिबन्ध लगाइएको थियो।

त्यस्तै क्रिकेट अस्ट्रेलिन एसोसिएसन (एसिए)ले बुधबार प्रतिबन्धमा परेका तीन खेलाडीलाई अपिलको मौका दिनुपर्नेमा जोड दिएको  छ।

कप्तान स्मिथप्रति सहानुभूति देखाउँदै अध्यक्ष डायरले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाए पनि घरेलु प्रतियोगितामा भने सोचविचार गर्नुपर्ने धारण व्यक्त गरेका हुन् । घटना सर्वाजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्मिथलाई एक टेस्ट खेलमा प्रतिबन्ध र म्याच फीको रकम जरिवाना गरेको थियो।

प्रकाशित: २५ चैत्र २०७४ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App