८ वैशाख २०८१ शनिबार
अर्थ

एक्सेल बैंकको विशेष सभा

काठमाडौं – एक्सेल डेभलपमेन्ट वैंकको विशेष साधारण सभा भएको छ। शुक्रबारको उक्त सभाले बैंकको कार्यक्षेत्र झापा, मोरङ र इलाम तीन जिल्ला रहेकोमा पाँचथर र सुनसरी दुई जिल्ला थपेर पाँच पु¥याउने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

कार्यक्षेत्र थप गर्ने सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन नेपाल राष्ट्र बैंकको स्वीकृतिमा कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख पश्चात बैंकले सुनसरी र पाँचथर जिल्लामा समेत शाखा विस्तार गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले पत्रकार–सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेको पनि बैंकले जनाएको छ।

बैंकको हालसम्म चार अर्ब १५ करोड कर्जा लगानी गरेको र चार अर्ब ६० करोड निक्षेप संकलन गरेको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App