coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जनता बैंक नौ वर्षमा

काठमाडौं – जनता बैंक आठ वर्ष पूरा गरी नौ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले शुक्रबार बैंकिङ साक्षरता सम्बन्धी चेतनामूलक कार्यक्रमसहित प्रभातफेरि गरेको जनाएको छ।

बैंकले निःशुल्क स्वास्थ शिविर र रक्तदान कार्यक्रम पनि गरेको विज्ञप्तिमार्फत जनाएको छ। नागरिक समाज प्रतिष्ठानका ज्येष्ठ नागरिकलाई २५ हजार र समाज कल्याण आँचल अनाथालयका विद्यार्थीलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाएको छ।

बैंकले देशभरका ४४ विद्यार्थीलाई दुई लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको विज्ञप्तिमा छ। बैंकले हाल एक सय ६ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App