१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेसीसहरमा पोखरा फाइनान्स

काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले लमजुङको बेसीसहर बजारमा शाखा खोलेको छ। उक्त शाखा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

जारी पुँजी ७५.४१ करोड रहेको कम्पनीले हालसम्म चार अर्ब २३ लाख निक्षेप संकलन गरी तीन अर्ब ८६ करोड लगानी गरेको छ। कम्पनीको जगेडा कोषमा ४१ करोड ७४ लाख रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ चैत्र २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App