७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

बुटवल – बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। उपमहानगरपालिका–८  सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराइले बताए। 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठुलो संख्यामा खटेको छ। आगो नियन्त्रणमा आउने क्रममा रहको डिएसपी भट्टराइले बताए।  बिद्युतीय साम्रग्री रहेको पसल रहेको चौथो तलाबाट आगो सल्किएको डिएसपी भट्टराइले बताए।

बिद्युत सर्ट भएर आगालागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। पसल नखुल्दै एकाबिहानै आगलागी भएकाले मानविय क्षती भने भएको छैन। क्षतीको  बिबरण भने आइसकेको छैन।

प्रकाशित: २५ चैत्र २०७४ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App