६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली– भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ। उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो। 

सो अवसरमा नेपाल र भारतका जनताबीच रहेको मैत्री सम्बन्धलाई थप विस्तार हुँदै गएको र त्यसले आगामी दिनमा सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेको थियो। 

आफू मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा उठाउन भारतको भ्रमणमा आएको जानकारी दिँँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासका मुद्दामा दुई देश मिलेर अगाडि बढ्ने सदीक्षा रहेको बताए। 

प्रधानमन्त्रीले नेपाल–भारतबीच मैत्री तथा भ्रातृत्व सदियौँ पुरानो रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे। 

सो अवसरमा उपराष्ट्रपति नायडुले सहज सम्पर्क विस्तार गरेर नेपाल–भारतबीच नयाँ आधारमा सम्बन्ध विस्तार हुँदै जाने बताए। उनले दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तामा काठमाडौँ जोड्ने रेल सञ्जाल विषयमा महत्वपूर्ण सहमति भएको जानकारी पाएको भन्दै त्यसले सम्बन्ध थप सहज बनाउने उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। रासस

प्रकाशित: २४ चैत्र २०७४ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App