संघीय मन्त्रालयले विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

शनिबार, २४ चैत २०७४, २१ : १० नागरिक

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। 

आगामी वैशाख २ गते सबै स्थानीय तहका पदाधिकारी, वडाअध्यक्ष, सदस्यसहित कर्मचारीलाई अघिकतम विद्यार्थी विद्यालयमा भर्ना गर्नका लागि विद्यालय भर्ना सञ्चालन गर्नका लागि निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी गराए। विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा ५–९ वर्ष २ दशमलब ८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७ दशमलब ७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन्। 

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले स्थानीय तहलाई विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्णय गरेपछि निर्देशन दिइएको उनले बताए। संविधानको अनुसूची ८ मा आधारभूत र माध्यामिक शिक्षाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएअनुसार नै पहिलो पटक स्थानीय तहले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न थालेको हो। 

साथै स्थानीय तहका कर्मचारीलाई वैशाख महिनाको एक दिन विद्यालयमा विद्यार्थीसँग विभिन्न क्रियाकलापमा सहभागिता जनाउन, स्थानीय तहल विद्यार्थी भर्नाकै क्रममा पाठ्यपुस्तक उपलब्ध गराउन, पूर्ण भर्ना अभियान सफल पार्न नीतिगत तथा कार्यक्रमगत रुपमा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। 

विज्ञप्तिमा विद्यालय शिक्षाबाट वञ्चित रहेका बालबालिकालाई विशेष कार्यक्रममार्फत भर्ना गराउन, शिक्षासम्बन्धी राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र सम्भव भएसम्म शिक्षकको इ–हाजिरी गराउन पनि निर्देशन दिइएको छ। यस वर्षको भर्ना अभियानका लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आदर्श वाक्य तय गरिएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad