८ वैशाख २०८१ शनिबार
खेल

आइतबारदेखि पाँचथर गोल्डकप

पाँचथर गोल्डकपका लागि तयार पारिएको बासको अस्थायी प्याराफिट । तस्बिर : नागरिक

पाँचथर– सदरमुकाम फिदिममा आइतबारदेखि सुरु हुने दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। खेलमैदान व्यवस्थापन, खेलाडी व्यवस्थन लगायतका सम्पूर्ण आन्तरिक तथा बाह्य तयारी पुरा भएको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ।

प्रतियोगिता उद्घाटनका लागि अन्तिम तयारी पुरा भएको आयोजक क्लवका अध्यक्ष अनुराग केप्छाकीले जानकारी दिए। आइतबार हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब मिसन  युनाईटेड ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदैछ। पाँचथर जिल्लामा जन्मिएर विभिन्न राष्ट्रिय टिमको अनुभव संगालेका खेलाडीहरु आयोजकले उर्तादै छ। ताप्लेजुङले  पनि अनुभवी खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ। 

फिदिम उच्च माविको खेलमैदानमा प्रतियोगिता हुने छ। प्रतियोगिताको प्रदेश न. १ का प्रमुख गोविन्द सुब्बाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। राष्ट्रिय तथा प्रदेश १ का क्लबहरु प्रतियोगितामा सहभागी छन्। खेलतालिका अनुसार रेडहर्ष इलामले डिएफसी मोरङको समाना गर्नुपर्ने छ। यस्तै न्यूस्टार सुनसरीले जाउलाखेल युथ क्लव, विर्ता युनाईढेट झापाले विजययुथ युथ क्लब हेटौडाको समाना गर्ने छ। झापा साविक विजेता हो। दोस्रो पाँचथर कपको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफि उचाल्ने छ। यस्तै, उपविजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने छ।

विभिन्न विधागत पुरस्कारहरु राखिएका छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने छ। दर्शकको सहजताका लागि एकैपल्ट चारहजार जना बस्न मिल्ने अस्थायि प्याराफिट बनाईएको छ। प्रतियोगिताको मुख्य प्रायोजक वाई वाई चाउचाउ रहेको छ। प्रतियोगिता २७ लाख रुपैँयाको लागतमा सम्पन्न गर्ने लागत अनुमान आयोजक गरेको छ।

प्रतियोगितामा विभिन्न क्लवबाट ए डिभिजनका अनुभव संगालेका खेलाडीहरु मैदानमा उत्रिने छन्। प्रतियोगिताको फाइनल बैशाख– २ गते सम्पन्न हुने छ। 

प्रकाशित: २४ चैत्र २०७४ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App