८ वैशाख २०८१ शनिबार
कला

सलमान खान रिहा

मुम्बई– कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्ष जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन्। जोधपुरस्थित सेशन कोर्टले उनलाई ५० हजार धराैटीमा जमानतको आदेश दिएपछि जोधपुर केन्द्रीय कारागारले  शनिबार साँझ रिहा गरेको हो।

रिहा भएपछि सलमान कारागारबाट प्रहरीको स्कर्टिङमा जोधपुर विमानस्थल पुगेका छन्। उनी त्यहाँबाट चार्टर विमानमा मुम्बई प्रस्थान गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१९९८ को कालो हरिण मामिलामा विहीबार जोधपुरको स्थानीय अदालतले सलमानलाई ५ वर्षको सजाय र १० हजार जरिवाना सुनाएको थियो। फैसलाविरूद्ध सलमानका वकिलले जमानतका लागि सेशन काेर्टमा अपिल गरेका थिए। अपिल स्वीकार गर्दै अदालतले ५० हजार धराैटीमा छाड्न अादेश  दिएकाे हाे।

सलमान रिहा भएसँगै उनका फ्यानले उत्सव मनाएका छन्। 

प्रकाशित: २४ चैत्र २०७४ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App