coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

काठमाडौँ- नेपाल ब्याग उद्योग संघको पाँचौं अधिवेशनले वीरबहादुर बजगार्इंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।
यसैगरी संघको उपाध्यक्षमा राजु महर्जन, महासचिवमा केशवबहादुर घिमिरे, सचिवमा निरोजप्रसाद ढुंगाना र कोषाध्यक्षमा गोविन्दकुमार सिंघानीया रहेका छन्।
त्यस्तै सदस्यहरुमा सञ्जय पोद्दार, मुकुन्दप्रसाद थपलिया, किसनप्रसाद तिमल्सिना, कंकिश जैन, जीतेन्द्रमणि अधिकारी, दीपकप्रसाद न्यौपाने, संदिप सरावगी, रामेश्वर अधिकारी, मन्दिप बजिमय, हबिव शेख, ज्ञानकाजी महर्जन र लोकनाथ सिग्देल रहेको संघले जनाएको छ । सो कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
नवनिर्वाचित अध्यक्ष बजगार्इंले ब्याग उद्योगमा देखिएका समस्या समाधान गरी आन्तरिक उद्योग प्रवद्र्धनमा समन्वयका साथ अघि बढ्ने बताए।
स्थानीय ब्याग उद्योगलाई व्यवस्थित गर्न तथा बाहिरबाट आयात हुने कच्चापदार्थलाई सहजीकरण गर्न संघले विशेष पहल गर्ने सचिव निरोजप्रसाद ढुंगानाले जानकारी दिए।
संघमा करिब २०० उद्योगी आवद्ध छन् ।
 

 

प्रकाशित: २४ चैत्र २०७४ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App