७ वैशाख २०८१ शुक्रबार
कला

‘कानून सबैका लागि बराबरी हुनुपर्छ’

मुम्बई– बलिउडका चर्चित गायक मीका सिंहले कानून सबैका लागि समान हुनुपर्ने बताएका छन्। सलमान खानको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले देशमा कानून सबैका लागि बराबरी हुनुपर्ने बताएका हुन्।

सलमानलाई १९९८ कालो हरिण (कृष्णसार) मामिलामा दोषी ठहर गर्दै जोधपुर अदालतले विहीबार ५वर्षको जेल सजाय सुनाएको थियो। फैसलापछि गायक सिंहले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै सेलिब्रेटी भएकै कारण सलमानलाई सजाय हुनु दुःखद भएको उल्लेख गरेका छन्

केही व्यक्तिले एक व्यक्तिलाई निर्धात रुपमा कुटिरहेको भिडियो शेयर गर्दै गायक सिंहले लेखेका छन्– ‘म कानूनी प्रणालीको सम्मान गर्छु, तर कानून सबैका लागि समान हुनुपर्छ। यदि सलमान खानलाई सेलिब्रेटी भएकाले सजाय हुन्छ भने तब यस्ता मानिस जसले एक गरिब व्यक्तिमाथि हमला गरिरहेका छन् र आफ्नो अपराधिक कुकर्मको भिडियो बनाइरहेका छन्, उनीहरुलाई पनि दण्डित गर्नुपर्छ। तर उनीहरु सुरक्षित र खुलेयाम हिँहिरहेका छन्, किनकी उनीहरु सलमान खान होइनन्।’

प्रकाशित: २४ चैत्र २०७४ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App