coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

मस्को – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। 

उनीहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गरेको क्रेमलिनले जनाएको छ। 

रुससँगै इरान र टर्कीका राष्ट्रपतिका बीचमा सिरियालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान गराउने सहमति भएको बारेमा पुटिनले माक्रोनलाई जानकारी दिएका। 

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान रुपले प्रस्तुत हुने बारेमा पनि उनीहरूले छलफल गर्नु भएको क्रेमलिनले थप जानकारी दिएको छ। 

पुटिनले सिरियामा मानवीय सहायताको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २४ चैत्र २०७४ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App