coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्दै

चेन्नाइ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औं संस्करण शनिबार (आज) बाट सुरु हुँदैछ।

प्रतियोगितामा उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईको मैदानमा नेपाली समय अनुसार बेलुकी ८ बजेपछि सुरु हुनेछ।

मुम्बईको कप्तानमा रोहित शर्मा र चेन्नाईको कप्तानमा महेन्द्रसिंह धोनी हुन्।

दुई वर्षपछि पुनः आइपिएलमा फर्किएको चेन्नाई र साविक विजेता मुम्बईको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
आइपिएलमा ८ टोली मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकत्ता नाइट राइडर्स, डिल्ली डेयर डेभिल्स, रोयल च्यालेन्जर्स बेङ्लोर, सन राइजर्स हैदराबाद, किङ्स इलाभेन पञ्जाप र राजस्थान रोयल्सको सहभागिता रहेको छ।

यसपटक नेपालका लेग स्पिनर सन्दिप लामिछाने पनि डिल्ली डेयर डेभिल्समा अनुबन्धीत भएका कारण नेपालीका लागि आइपिएल अझ महत्वपूर्ण बनेको छ।

प्रकाशित: २४ चैत्र २०७४ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App