१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड प्लेअफमा

धनगढी – शुक्रबार राति वर्षासँगै आएको हावाहुरीका कारण मैदानको भौतिक संरचनामा पुगेको क्षतिका कारण पूर्वाधारमा क्षति पुगेका कारण धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आजको पहिलो खेल स्थगित भएको छ।

खेल स्थगित भएसँगै महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाले एक–एक अंक बाडेका छन्। यो सँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ।

यो सँगै अंक तालिकाको दोश्रो स्थानमा रहेको महेन्द्रनगर चार खेलबाट पाँच अंक जोडदै प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। चारखेलबाट ३ अंक बनाएको अत्तरिया तालिकाको पाँचौ स्थानमा छ।

प्रतियोगितामा ४ मध्ये ४ खेल नै जित्दै काठमाडौं गोल्डेन्स प्लेअफमा प्रवेश गरिसकेको छ। आजको दोश्रो खेलमा दिउँसो १ बजेपछि टिम चौरहा धनगढी र रुपन्देही च्यालेन्जर्स खेल्दैछन्।

प्रकाशित: २४ चैत्र २०७४ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App