coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गर्मीमा घुम्ने ठाउँ

भेडेटार
गर्मी याममा शितल वातावरणमा रमाउन भेडेटार उपयुक्त हुन्छ। सुनसरी र धनकुटा सीमाको भेडेटार (१,४२० मिटर) मा रम्नका लागि धेरै चिज छन्। आरामदायी बास र खानाका लागि होटल तथा रेष्टुँराको दुःख छैन।

भञ्ज्याङमा किरात भाषा, साहित्य र संस्कृतिका अन्वेषक इमानसिंह चेम्जोङको सालिक छ। त्यस्तै राजारानी जाने सडक किनारमा शंखेश्वर महादेव मन्दिर छ। शंख आकारको १८ फिट अग्लो मन्दिर हातामा किरातेश्वर, बुद्ध र शिवका मूर्ति छन्।

भेडेटारबाट १० किमि दुरीमा सिम्सुवा झरना (नमस्ते झरना) छ। त्यहाँ क्यानोनिङ गराइन्छ। मुख्य झरना ५५ मिटर लामो छ।

भेडेटारबाट तीन किमि दुरीमा पाथिभरा मन्दिर छ। चार तले मन्दिर ०४८ सालमा बनाइएको। मन्दिर नजिकै साँगुरीगढी छ जुन लिम्बु राजा सायोक हाङले बनाएका। गढी क्षेत्रमा निशानदेवी, सिद्ध सिकारी, बाघभैरव, पाँचकन्या, बूढासुब्बा र सप्तरानी छन्।

भेडेटारबाट ४ किमिमा पर्छ नाम्जे। अमेरिकी समाचार संस्था सिएनएनले विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेपछि नाम्जे चर्चामा आएको हो। अग्र्यानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर त्यहाँका विशेषता। अमेरिकी आर्किटेक्टले बनाएका हुन् आत्मा बस्ने घर। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहान हो त्यो।

हिमाल, पहाड, तराई सबैतिर पर्यटनको प्रचुर संभावना छ। अनगिन्ती छन् हाम्रा पर्यटकीय सम्पदाहरु । एक जुनीमा नेपाल घुम्न भ्याइँदैन। त्यसैले ढिलो नगरौं, आजै घुम्न सुरु गरौं।

तीसको दशकदेखि भेडेटारको चर्चा चुलिएको हो। त्यो बेला धरान–धनकुटा सडक खन्न सुरु भयो। त्यतिबेला संखुवासभा, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरानसम्म ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने र चराउने टार भएकाले भेडेटार भनिएको जब बेलायती युवराज चाल्र्स ०३८ सालमा भेडेटार आए। उनले बजार माथिको शैलुङ डाँडा (१,४७०मिटर) चढेर त्यहाँबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल  दर्शन गरे। आज त्यो ठाउँलाई चाल्र्स प्वाइन्ट भनिन्छ।   
कसरी पुग्ने ः काठमाडौं–धरान ५५० किमि। धरान–भेडेटार १७ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ।  

बराहक्षेत्र  
नेपालमा भएका हिन्दुका प्रमुख चार धाममा पाशुपत क्षेत्र, रुरु क्षेत्र, मुक्तिक्षेत्र र बराहक्षेत्र हुन्। बराह, भगवान् विष्णुको तेस्रो अवतार। कथाअनुसार हिरण्याक्ष दैंत्यले पृथ्वी चोरेर पाताल पु¥याएछ। त्यही बेला पृथ्वी र वेदको रक्षा गर्न विष्णुले बराह अवतार लिएछन्। दैंत्यको संहार गरेपछि उनी कोका र कौशिकी नदी संगममा बसेछन्।
 
अहिले त्यो नदी संगममा मन्दिर छन्। पितृ उद्धारका लागि कोका र कोसी संगममा नुहाएर श्राद्ध गरिन्छ । नदी किनारमा बराहका मन्दिर छन्।
 
बस्तीमा सामान्य खाना र बास पाइन्छ। त्यहाँ केही धर्मशाला छन्। स्तरीय होटल आबश्यक देखिन्छ। यता धरान बजारमा भने राम्रा होटल छन्। धरानबाट रिजर्भ गाडीमा जाँदा चतरा र बराहक्षेत्र घुमेर बेलैमा धरान फर्किन सकिन्छ।

साउनमा धरान माथि विजयपुर डाँडाको पिण्डेश्वरमा मेला लाग्छ। बोलबम तिर्थालु धरानबाट १७ किमि टाढाको चतराको पानी ल्याएर चढाउँछन्।

पिण्डेश्वर, बराहक्षेत्र र चतराधामको एकीकृत धार्मिक पर्यटन विकास हुनु पर्छ। नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाएका छन्। उनी चतराधाममा ०५४ देखि आश्रम बनाएर बस्दै आएका छन्।

हरि (विष्णु) को बासस्थान बराहक्षेत्र जाने बाटोमा पर्ने भएकाले हरिद्वार भनिएको।
विष्णुले कौशिकी तटमा मेला चलाएको धर्मग्रन्थमा उल्लेख छ। त्यसकै सम्झनामा देवाचार्यले ०५९ वैशाखदेखि महिना दिन चतरामा कुम्भ पिण्डेश्वर महोत्सव गरे। दोस्रो कुम्भ ०७० चैत १७ देखि महिना दिन चलेको थियो। त्यतिबेला लाखौंले कुम्भ स्नान गरेका थिए। चतरामा ५९ फिट अग्लो कुम्भ स्तम्भ छ।

चतराधाममा ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर, हवन कुण्ड, वृद्धाश्रम लगायतका सम्पदा छन्। बराहक्षेत्र दर्शन गर्न जानेहरू एक रात चतरामा बस्छन्। चतरा बजारमा सामान्य खाना र बास सुविधा छ । त्यहीँबाट कोसी तीरैतिर हिँडे बराहक्षेत्र पुगिन्छ।
 
कसरी पुग्ने ः काठमाडौं–धरान ५५० किमि । काठमाडौंका कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बस । तिनले १३ घन्टामा पु¥याउँछन्। धरान–बराहक्षेत्र २४ किमि। धरान–चतरा र चतरा–बराहसम्म भाडाका सवारी साधन चल्छन्।  

रुरुक्षेत्र
नेपालको चार धाम मध्ये एक रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङजाको संगममा पर्छ। कालीगण्डकी र रिडी नदी किनारमा बजार (४६५ मिटर)। रिडी बजार पारिपट्टि पाल्पामा ऋषिकेश मन्दिर, स्याङजामा भृगुतुंगेश्वर गुफा र गुल्मीमा गलफुले ओडार र देवदत्त पार्क छन्।
 
दुई नदीको संगममा स्नान गरे पाप पखालिने जनविश्वास छ। त्यहि विश्वासले नेपालका विभिन्न भूभाग र भारतसम्मका तिर्थालु रिडी आउँछन्। नुहाउँछन्। भगवान ऋषिकेशको दर्शन गर्छन।

बिशेषतः कात्तिके एकादशी, द्वादशी र माघे संक्रान्तिमा ठूलो मेला लाग्छ। हजारौंको भिड हुन्छ।

कात्तिक शुक्ल द्वादशीका दिन भगवान प्रकट भएको मानिन्छ । त्यहि तिथिमा पाल्पाली राजा मणि मुकुन्द सेनले मन्दिर बनाई गण्डकीमा भेटिएका ऋषिकेशको शिलालाई मन्दिरमा स्थापना गरेका थिए।
    
कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ। रिडी र गण्डकी संगममा स्नान गर्नेहरुको पाप पखालिन्छ। मानिस जन्मँदा लिएर आउने तीन ऋण (देव ऋण, पितृ ऋण र ऋषि ऋण)बाट समेत मुक्ति मिल्छ भनिन्छ।
    
रिडी बजार अर्घाखाँची, तम्घास, बुर्तिबाङ र पाल्पा जाने चौराहा हो। जहाँ साना–ठूला होटल छन्। खानामा बोकाको मासु, लोकल माछा र चुकाउनी यहाँका बिशेषता।  
बजार माथि गलफुले ओडार भएको ठाउँमा देवदत्त पार्क छ। त्यहाँ ऋषि देवदत्त, रुरु कन्या र मृगहरुको प्रतिमा बनाइएको छ। ओडार पनि आकर्षक छ।
 
दुई रात रिडीमा बिताउने गरी यात्रा गर्नु उपयुक्त हुन्छ।
    
कसरी पुग्ने ः काठमाडौंबाट रिडी ३४० किलोमिटर । काठमाडौंको नयाँ बसपार्क र रिडीबाट बिहान बस छुट्छन्। तीनले १० घन्टामा गन्तव्य पु¥याउँछन्। तम्घास जाने बसमा गएर पनि रिडी ओर्लन सकिन्छ। तानसेनको बसमा पनि जान सकिन्छ । तानसेन–रिडी ३१ किमि, जिपमा डेढ घन्टा।
   
पुनहिल
म्याग्दीको पुनहिल हिल स्टेशन हो। बर्सेनी हजारौं पदयात्री पुनहिल (३,२१० मिटर) पुग्छन्। त्यो भिडमा नेपालीको संख्या पनि ठुलै हुन्छ।

पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि लमजुङ हिमाल देखिन्छ । हरेक बिहान सयौं पदयात्री सूर्यको स्वागत गर्छन। हिमालसँग आँखा जुधाउँछन्।
 
पुनहिल आफैंमा एउटा प्राकृतिक टावर हो। त्यहाँ अग्लो भ्यु–टावर पनि बनाइएको छ। डाँडामा होटल छैन, बिहान डोके पसलमा कफी र चिया पाइन्छ । दिउँसो केही पाइन्न। तल बेस क्याम्प घोडेपानीमा लज छन्।
 
घोडेपानीबाट एक घन्टा उकालो चढे पुगिन्छ पुनहिल। घोडेपानी भञ्ज्याङ हो। त्यहाँ पुन मगरको बसोबास छ। करिब ५० वटा होटल छन् घोडेपानीमा। यहाँबाट तातोपानी हुँदै जोमसोम झर्न सकिन्छ। कतिपय पर्यटकहरु पुनहिलबाट घान्द्रुक हुँदै फर्कन्छन्। घान्द्रुकबाट अन्नपूर्ण र माछापुच्छे«े हिमालको देखिन्छ।
 
काठमाडौंका यात्रीले पाँच दिनमा पदयात्रा पूरा गर्न सक्छन्। यात्रामा सावधानी अपनाउनुपर्छ। चिसो ठाउँमा पुग्नुपर्ने भएकाले न्याना कपडा बोक्नुपर्छ। ज्याकेट, टिसर्ट, क्याप, सनग्लास, पन्जा, मोजा, टे«किङ बुट, रेनकोट, लौरो, पानी बोतल, रुकस्याक, बदाम, किसमिस, क्यामेरा, दुरबीन, टावल, टुथपेस्ट, साबुन क्याडबरी आदि।

एक्लै हिँड्नुहुन्न। समूहमा यात्रा गर्नुपर्छ। प्राथमिक उपचार सामग्री, जीवनजल, सिटामोल, ह्यान्डी प्लास्ट, ब्यान्डेज आदि बोक्ने। झोलिलो कुरा बढी खाने। स्थानीय संस्कृति, जीवनशैली र गाउँलेको सम्मान गर्ने। गुम्बा÷मन्दिरमा हल्ला नगर्ने।
लेक लाग्नबाट बच्नुपर्छ । सामान्यतः २५ सय मिटरभन्दा माथि अक्सिजनको कमीले बिरामी पर्न सकिन्छ। आराम गर्दै पानी पिउँदै हिँड्ने। रिंगटा, थकाइ लागे, घुच्चुक दुखेमा आराम गर्ने। वाकवाकी लागेमा ओरालो झरिहाल्नु पर्छ।  

घोडेपानी क्षेत्रमा दिनको दुई हजार रुपैयाँ भयो भने तीन छाक खाएर होटलमा बास बस्न पुग्छ।

कसरी पुग्ने ः काठमाडौंबाट पोखराको टुँडिखेलसम्म बसमा। टुँडिखेलबाट तिखेढुंगासम्म जीपमा। तिखेढुंगामा पहिलो बास। दोस्रो दिन उकालो चढेर घोडेपानी बास। बिहान पुनहिल उक्लेपछि फर्केर टाढापानी हुँदै घान्द्रुक बास। घान्द्रुकबाट एक घन्टा ओरालो झरेपछि किम्चेबाट पोखराको टुँडिखेलसम्म जीप वा बस पाइन्छ । त्यही दिन काठमाडौं फर्कन भ्याइन्छ।

गर्मीमा घुम्ने ठाउँ

हिमाल, पहाड, तराई सबैतिर पर्यटनको प्रचुर संभावना छ। अनगिन्ती छन् हाम्रा पर्यटकीय सम्पदाहरु । एक जुनीमा नेपाल घुम्न भ्याइँदैन। त्यसैले ढिलो नगरौं, आजै घुम्न सुरु गरौं।
 
अमृत भादगाउँले

भेडेटार
गर्मी याममा शितल वातावरणमा रमाउन भेडेटार उपयुक्त हुन्छ। सुनसरी र धनकुटा सीमाको भेडेटार (१,४२० मिटर) मा रम्नका लागि धेरै चिज छन्। आरामदायी बास र खानाका लागि होटल तथा रेष्टुँराको दुःख छैन।

भञ्ज्याङमा किरात भाषा, साहित्य र संस्कृतिका अन्वेषक इमानसिंह चेम्जोङको सालिक छ। त्यस्तै राजारानी जाने सडक किनारमा शंखेश्वर महादेव मन्दिर छ। शंख आकारको १८ फिट अग्लो मन्दिर हातामा किरातेश्वर, बुद्ध र शिवका मूर्ति छन्।

भेडेटारबाट १० किमि दुरीमा सिम्सुवा झरना (नमस्ते झरना) छ। त्यहाँ क्यानोनिङ गराइन्छ। मुख्य झरना ५५ मिटर लामो छ।

भेडेटारबाट तीन किमि दुरीमा पाथिभरा मन्दिर छ। चार तले मन्दिर ०४८ सालमा बनाइएको। मन्दिर नजिकै साँगुरीगढी छ जुन लिम्बु राजा सायोक हाङले बनाएका। गढी क्षेत्रमा निशानदेवी, सिद्ध सिकारी, बाघभैरव, पाँचकन्या, बूढासुब्बा र सप्तरानी छन्।

भेडेटारबाट ४ किमिमा पर्छ नाम्जे। अमेरिकी समाचार संस्था सिएनएनले विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेपछि नाम्जे चर्चामा आएको हो। अग्र्यानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर त्यहाँका विशेषता। अमेरिकी आर्किटेक्टले बनाएका हुन् आत्मा बस्ने घर। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहान हो त्यो।

तीसको दशकदेखि भेडेटारको चर्चा चुलिएको हो। त्यो बेला धरान–धनकुटा सडक खन्न सुरु भयो। त्यतिबेला संखुवासभा, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरानसम्म ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने र चराउने टार भएकाले भेडेटार भनिएको जब बेलायती युवराज चाल्र्स ०३८ सालमा भेडेटार आए। उनले बजार माथिको शैलुङ डाँडा (१,४७०मिटर) चढेर त्यहाँबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल  दर्शन गरे। आज त्यो ठाउँलाई चाल्र्स प्वाइन्ट भनिन्छ।   
कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–भेडेटार १७ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ।  

बराहक्षेत्र  
नेपालमा भएका हिन्दुका प्रमुख चार धाममा पाशुपत क्षेत्र, रुरु क्षेत्र, मुक्तिक्षेत्र र बराहक्षेत्र हुन्। बराह, भगवान् विष्णुको तेस्रो अवतार। कथाअनुसार हिरण्याक्ष दैंत्यले पृथ्वी चोरेर पाताल पु-याएछ। त्यही बेला पृथ्वी र वेदको रक्षा गर्न विष्णुले बराह अवतार लिएछन्। दैंत्यको संहार गरेपछि उनी कोका र कौशिकी नदी संगममा बसेछन्।

अहिले त्यो नदी संगममा मन्दिर छन्। पितृ उद्धारका लागि कोका र कोसी संगममा नुहाएर श्राद्ध गरिन्छ । नदी किनारमा बराहका मन्दिर छन्।

बस्तीमा सामान्य खाना र बास पाइन्छ। त्यहाँ केही धर्मशाला छन्। स्तरीय होटल आबश्यक देखिन्छ। यता धरान बजारमा भने राम्रा होटल छन्। धरानबाट रिजर्भ गाडीमा जाँदा चतरा र बराहक्षेत्र घुमेर बेलैमा धरान फर्किन सकिन्छ।

साउनमा धरान माथि विजयपुर डाँडाको पिण्डेश्वरमा मेला लाग्छ। बोलबम तिर्थालु धरानबाट १७ किमि टाढाको चतराको पानी ल्याएर चढाउँछन्।

पिण्डेश्वर, बराहक्षेत्र र चतराधामको एकीकृत धार्मिक पर्यटन विकास हुनु पर्छ। नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाएका छन्। उनी चतराधाममा ०५४ देखि आश्रम बनाएर बस्दै आएका छन्।

हरि (विष्णु) को बासस्थान बराहक्षेत्र जाने बाटोमा पर्ने भएकाले हरिद्वार भनिएको।

विष्णुले कौशिकी तटमा मेला चलाएको धर्मग्रन्थमा उल्लेख छ। त्यसकै सम्झनामा देवाचार्यले ०५९ वैशाखदेखि महिना दिन चतरामा कुम्भ पिण्डेश्वर महोत्सव गरे। दोस्रो कुम्भ ०७० चैत १७ देखि महिना दिन चलेको थियो। त्यतिबेला लाखौंले कुम्भ स्नान गरेका थिए। चतरामा ५९ फिट अग्लो कुम्भ स्तम्भ छ।

चतराधाममा ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर, हवन कुण्ड, वृद्धाश्रम लगायतका सम्पदा छन्। बराहक्षेत्र दर्शन गर्न जानेहरू एक रात चतरामा बस्छन्। चतरा बजारमा सामान्य खाना र बास सुविधा छ । त्यहीँबाट कोसी तीरैतिर हिँडे बराहक्षेत्र पुगिन्छ।

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि । काठमाडौंका कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बस । तिनले १३ घन्टामा पु-याउँछन्। धरान–बराहक्षेत्र २४ किमि। धरान–चतरा र चतरा–बराहसम्म भाडाका सवारी साधन चल्छन्।  

रुरुक्षेत्र
नेपालको चार धाम मध्ये एक रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङजाको संगममा पर्छ। कालीगण्डकी र रिडी नदी किनारमा बजार (४६५ मिटर)। रिडी बजार पारिपट्टि पाल्पामा ऋषिकेश मन्दिर, स्याङजामा भृगुतुंगेश्वर गुफा र गुल्मीमा गलफुले ओडार र देवदत्त पार्क छन्।

दुई नदीको संगममा स्नान गरे पाप पखालिने जनविश्वास छ। त्यहि विश्वासले नेपालका विभिन्न भूभाग र भारतसम्मका तिर्थालु रिडी आउँछन्। नुहाउँछन्। भगवान ऋषिकेशको दर्शन गर्छन।

बिशेषतः कात्तिके एकादशी, द्वादशी र माघे संक्रान्तिमा ठूलो मेला लाग्छ। हजारौंको भिड हुन्छ।

कात्तिक शुक्ल द्वादशीका दिन भगवान प्रकट भएको मानिन्छ । त्यहि तिथिमा पाल्पाली राजा मणि मुकुन्द सेनले मन्दिर बनाई गण्डकीमा भेटिएका ऋषिकेशको शिलालाई मन्दिरमा स्थापना गरेका थिए।

कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ। रिडी र गण्डकी संगममा स्नान गर्नेहरुको पाप पखालिन्छ। मानिस जन्मँदा लिएर आउने तीन ऋण (देव ऋण, पितृ ऋण र ऋषि ऋण)बाट समेत मुक्ति मिल्छ भनिन्छ।

रिडी बजार अर्घाखाँची, तम्घास, बुर्तिबाङ र पाल्पा जाने चौराहा हो। जहाँ साना–ठूला होटल छन्। खानामा बोकाको मासु, लोकल माछा र चुकाउनी यहाँका बिशेषता।  

बजार माथि गलफुले ओडार भएको ठाउँमा देवदत्त पार्क छ। त्यहाँ ऋषि देवदत्त, रुरु कन्या र मृगहरुको प्रतिमा बनाइएको छ। ओडार पनि आकर्षक छ।

दुई रात रिडीमा बिताउने गरी यात्रा गर्नु उपयुक्त हुन्छ।

कसरी पुग्ने : काठमाडौंबाट रिडी ३४० किलोमिटर । काठमाडौंको नयाँ बसपार्क र रिडीबाट बिहान बस छुट्छन्। तीनले १० घन्टामा गन्तव्य पु-याउँछन्। तम्घास जाने बसमा गएर पनि रिडी ओर्लन सकिन्छ। तानसेनको बसमा पनि जान सकिन्छ । तानसेन–रिडी ३१ किमि, जिपमा डेढ घन्टा।

पुनहिल
म्याग्दीको पुनहिल हिल स्टेशन हो। बर्सेनी हजारौं पदयात्री पुनहिल (३,२१० मिटर) पुग्छन्। त्यो भिडमा नेपालीको संख्या पनि ठुलै हुन्छ।

पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि लमजुङ हिमाल देखिन्छ । हरेक बिहान सयौं पदयात्री सूर्यको स्वागत गर्छन। हिमालसँग आँखा जुधाउँछन्।

पुनहिल आफैंमा एउटा प्राकृतिक टावर हो। त्यहाँ अग्लो भ्यु–टावर पनि बनाइएको छ। डाँडामा होटल छैन, बिहान डोके पसलमा कफी र चिया पाइन्छ । दिउँसो केही पाइन्न। तल बेस क्याम्प घोडेपानीमा लज छन्।

घोडेपानीबाट एक घन्टा उकालो चढे पुगिन्छ पुनहिल। घोडेपानी भञ्ज्याङ हो। त्यहाँ पुन मगरको बसोबास छ। करिब ५० वटा होटल छन् घोडेपानीमा। यहाँबाट तातोपानी हुँदै जोमसोम झर्न सकिन्छ। कतिपय पर्यटकहरु पुनहिलबाट घान्द्रुक हुँदै फर्कन्छन्। घान्द्रुकबाट अन्नपूर्ण र माछापुच्छे हिमालको देखिन्छ।

काठमाडौंका यात्रीले पाँच दिनमा पदयात्रा पूरा गर्न सक्छन्। यात्रामा सावधानी अपनाउनुपर्छ। चिसो ठाउँमा पुग्नुपर्ने भएकाले न्याना कपडा बोक्नुपर्छ। ज्याकेट, टिसर्ट, क्याप, सनग्लास, पन्जा, मोजा, टे«किङ बुट, रेनकोट, लौरो, पानी बोतल, रुकस्याक, बदाम, किसमिस, क्यामेरा, दुरबीन, टावल, टुथपेस्ट, साबुन क्याडबरी आदि।

एक्लै हिँड्नुहुन्न। समूहमा यात्रा गर्नुपर्छ। प्राथमिक उपचार सामग्री, जीवनजल, सिटामोल, ह्यान्डी प्लास्ट, ब्यान्डेज आदि बोक्ने। झोलिलो कुरा बढी खाने। स्थानीय संस्कृति, जीवनशैली र गाउँलेको सम्मान गर्ने। गुम्बा÷मन्दिरमा हल्ला नगर्ने।

लेक लाग्नबाट बच्नुपर्छ । सामान्यतः २५ सय मिटरभन्दा माथि अक्सिजनको कमीले बिरामी पर्न सकिन्छ। आराम गर्दै पानी पिउँदै हिँड्ने। रिंगटा, थकाइ लागे, घुच्चुक दुखेमा आराम गर्ने। वाकवाकी लागेमा ओरालो झरिहाल्नु पर्छ। 

घोडेपानी क्षेत्रमा दिनको दुई हजार रुपैयाँ भयो भने तीन छाक खाएर होटलमा बास बस्न पुग्छ।

कसरी पुग्ने : काठमाडौंबाट पोखराको टुँडिखेलसम्म बसमा। टुँडिखेलबाट तिखेढुंगासम्म जीपमा। तिखेढुंगामा पहिलो बास। दोस्रो दिन उकालो चढेर घोडेपानी बास। बिहान पुनहिल उक्लेपछि फर्केर टाढापानी हुँदै घान्द्रुक बास। घान्द्रुकबाट एक घन्टा ओरालो झरेपछि किम्चेबाट पोखराको टुँडिखेलसम्म जीप वा बस पाइन्छ । त्यही दिन काठमाडौं फर्कन भ्याइन्छ।

स्वर्गद्वारी
आध्यात्मिक हिसाबले स्वर्गद्वारीको महत्व ठूलो छ। उहिल्यै त्यहाँ ब्रह्माले तपस्या गरेका थिए। पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए।

स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ।

प्युठानको स्वर्गद्वारी मन्दिर डाँडा (२,०४८ मिटर)मा छ। त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ।

स्वर्गद्वारीमा यज्ञशाला छ। झट्ट हेर्दा नौ वाट मन्दिरजस्तो देखिन्छ, तर भित्र एउटै छ जहाँ पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु, शिवका मूर्ति छन्। चार दिशाका कोठामा अग्निकुण्ड। बीचको मूल कुण्डबाट धुवाँ आइरहन्छ । वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन्।

स्वर्गद्वारीमा सयौं गाई छन्। गुरुकुल विद्यालय छ। त्यहाँ वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ।

यज्ञशालासँगै महाप्रभुको मूर्ति छ । बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा त्यहाँ आश्रम स्थापना गरे। तिनले विश्व कल्याणका लागि अखण्ड महायज्ञ सुरु गरेका थिए।  

रोल्पाको रुम्टी गाउँमा विसं १९१६ मा जन्मेका नारायण गौतम पाँच वर्षको उमेरदेखि तपस्यामा लीन भए। कालान्तरमा आध्यात्मिक चिन्तक बने। उनै महाप्रभु विसं १९९७ मा बिते।

स्वर्गद्वारीमा वैशाख पूर्णिमा, गुरु पूर्णिमा, गाई तिहार र पुस–माघमा भीड हुन्छ। खान÷बस्न दुःख छ। डाँडामा होटल÷लज छैन। मन्दिर मुन्तिर धरमपानीमा साना लज र नैवेद्य पसल छन्। मन्दिर हातामा धर्मशाला छन्। पैसा तिरेर केही कोठामा बस्न पाइन्छ । आश्रमको क्यान्टिनमा खाना पाइन्छ। 

स्वर्गद्वारीलाई योग, ध्यान र अध्यात्म केन्द्रका रुपमा विकास गर्नु पर्छ।

कसरी पुग्ने : काठमाडौंबाट रोल्पा जाने बस चढ्ने। भिंग्रीमा ओर्लेर रात बिताउने। भोलिपल्ट चार घन्टा उकालो पदयात्रामा स्वर्गद्वारी। भिंग्री–धरमपानी १३ किमि। धरमपानीबाट आधा घन्टामा मन्दिर। धरमपानी–होलेरी २९ किमि।

पोखरा
पोखरा प्रकृतिको सुन्दर उपहार हो। एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन्। हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना। प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प र जीप फ्ल्याएरजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ।

त्यहाँबाट कुमारी माछापुच्छे«, पुठ्ठा हिउँचुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी, लम्जुङ, मनास्लु लगायत दर्जनौं हिमाल देखिन्छ।

फेवातालमा डुंगा चढिएन भने पोखरा गएको अर्थै रहन्न। पोखरा उपत्यकाको बेगनास तालमा पनि डुंगा चल्छ । अरू ताल पनि छन्, कमल, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी। 

गुफा धेरै छन्। बाटुलेचौरमा महेन्द्र गुफा छ। त्यहाँबाट सात सय मिटरमा चमेरेगुफा। छोरेपाटनमा गुप्तेश्वर गुफा छ जहाँ १४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स देखिन्छ। छाँगोमा असोजसम्म पानी धेरै हुन्छ।

जमिनमुनि भासिएकी सेती नदीको रूप केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म  देखिन्छ। 

संस्कृतिका हिसाबले धनी छ पोखरा। बाटुलेचौरमा सारंगी बस्ती छ। पोखरामा पाँच वटा संग्रहालय छन्। गोरखालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ। शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ। रातो पहिरोमा पर्वतीय जनजीवन चिनारी दिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छ।

पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम छ। त्यहाँ छ सय प्रजातिका पुतली छन्। नयाँ बजारमा क्षेत्रीय संग्रहालय छ, जहाँ पश्चिमाञ्चलको झल्को मिल्छ।

घुम्नलाई तिब्बती शरणार्थी क्याम्प छ। हेम्जा, पृथ्वीचोक र छोरेपाटनमा। माने घुमाउँदै ‘ओम् माने पेमे हुँ’ भन्नेहरू भेटिन्छन्।

फेवाताल, पोखरा बजार र हिमाल एकै झमटमा हेर्न विश्व शान्ति स्तुप छ। १७५ फिट अग्लो स्तुपको आँगनबाट मनमोहक दृश्य देखिन्छ। असोजदेखि हिमाल खुल्छन्।  

तालमा डुंगा चढेर अनदु फेदीबाट उकालो चढे स्तुपा पुगिन्छ । छोरेपाटनतिरबाट ट्याक्सीमा जान सकिन्छ।

सूर्योदय र हिमाल हेर्न सराङकोट र काहुँकोट छन्।

गुम्बा धेरै छन्। माटेपानी, हेम्जा सबैतिर। तालवाराही मन्दिर छ। विन्ध्यवासिनी र भद्रकाली मन्दिर। मियापाटनमा मस्जिद।

बास बस्न फेवा किनारमा रमाइलो हुन्छ। त्यहाँ अत्याधुनिक होटल÷रेस्टुराँ छन्। संसारभरका परिकार पाइन्छ। अबेरसम्म निदाउँदैन लेकसाइड। मिठो दालभात पाक्छ, थकालीका भान्छामा।

पृथ्वीचोक, महेन्द्रपुल र सिर्जनाचोकतिर पनि छन् होटल।

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि। काठमाडौंको कलंकीबाट बिहानैदेखि बस तथा माइक्रो छुट्छन्। कान्तिपथबाट बिहान सात बजे छुट्ने टुरिस्ट बस आरामदायी हुन्छ। हवाई यात्रा ३० मिनेट।

आध्यात्मिक हिसाबले स्वर्गद्वारीको महत्व ठूलो छ। उहिल्यै त्यहाँ ब्रह्माले तपस्या गरेका थिए। पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए।

स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ।

प्युठानको स्वर्गद्वारी मन्दिर डाँडा (२,०४८ मिटर)मा छ। त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ।

स्वर्गद्वारीमा यज्ञशाला छ। झट्ट हेर्दा नौ वाट मन्दिरजस्तो देखिन्छ, तर भित्र एउटै छ जहाँ पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु, शिवका मूर्ति छन्। चार दिशाका कोठामा अग्निकुण्ड। बीचको मूल कुण्डबाट धुवाँ आइरहन्छ । वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन्।

स्वर्गद्वारीमा सयौं गाई छन्। गुरुकुल विद्यालय छ। त्यहाँ वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ।

यज्ञशालासँगै महाप्रभुको मूर्ति छ । बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा त्यहाँ आश्रम स्थापना गरे। तिनले विश्व कल्याणका लागि अखण्ड महायज्ञ सुरु गरेका थिए।

रोल्पाको रुम्टी गाउँमा विसं १९१६ मा जन्मेका नारायण गौतम पाँच वर्षको उमेरदेखि तपस्यामा लीन भए। कालान्तरमा आध्यात्मिक चिन्तक बने। उनै महाप्रभु विसं १९९७ मा बिते।

स्वर्गद्वारीमा वैशाख पूर्णिमा, गुरु पूर्णिमा, गाई तिहार र पुस–माघमा भीड हुन्छ। खान÷बस्न दुःख छ। डाँडामा होटल/लज छैन। मन्दिर मुन्तिर धरमपानीमा साना लज र नैवेद्य पसल छन्। मन्दिर हातामा धर्मशाला छन्। पैसा तिरेर केही कोठामा बस्न पाइन्छ । आश्रमको क्यान्टिनमा खाना पाइन्छ। 

स्वर्गद्वारीलाई योग, ध्यान र अध्यात्म केन्द्रका रुपमा विकास गर्नु पर्छ।

कसरी पुग्ने : काठमाडौंबाट रोल्पा जाने बस चढ्ने। भिंग्रीमा ओर्लेर रात बिताउने। भोलिपल्ट चार घन्टा उकालो पदयात्रामा स्वर्गद्वारी। भिंग्री–धरमपानी १३ किमि। धरमपानीबाट आधा घन्टामा मन्दिर। धरमपानी–होलेरी २९ किमि।

पोखरा
पोखरा प्रकृतिको सुन्दर उपहार हो। एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन्। हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना। प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प र जीप फ्ल्याएरजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ।

त्यहाँबाट कुमारी माछापुच्छे«, पुठ्ठा हिउँचुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी, लम्जुङ, मनास्लु लगायत दर्जनौं हिमाल देखिन्छ।

फेवातालमा डुंगा चढिएन भने पोखरा गएको अर्थै रहन्न। पोखरा उपत्यकाको बेगनास तालमा पनि डुंगा चल्छ । अरू ताल पनि छन्, कमल, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी। 

गुफा धेरै छन्। बाटुलेचौरमा महेन्द्र गुफा छ। त्यहाँबाट सात सय मिटरमा चमेरेगुफा। छोरेपाटनमा गुप्तेश्वर गुफा छ जहाँ १४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स देखिन्छ। छाँगोमा असोजसम्म पानी धेरै हुन्छ।

जमिनमुनि भासिएकी सेती नदीको रूप केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म  देखिन्छ। 

संस्कृतिका हिसाबले धनी छ पोखरा। बाटुलेचौरमा सारंगी बस्ती छ। पोखरामा पाँच वटा संग्रहालय छन्। गोरखालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ। शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ। रातो पहिरोमा पर्वतीय जनजीवन चिनारी दिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छ।

पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम छ। त्यहाँ छ सय प्रजातिका पुतली छन्। नयाँ बजारमा क्षेत्रीय संग्रहालय छ, जहाँ पश्चिमाञ्चलको झल्को मिल्छ।

घुम्नलाई तिब्बती शरणार्थी क्याम्प छ। हेम्जा, पृथ्वीचोक र छोरेपाटनमा। माने घुमाउँदै ‘ओम् माने पेमे हुँ’ भन्नेहरू भेटिन्छन्।

फेवाताल, पोखरा बजार र हिमाल एकै झमटमा हेर्न विश्व शान्ति स्तुप छ। १७५ फिट अग्लो स्तुपको आँगनबाट मनमोहक दृश्य देखिन्छ। असोजदेखि हिमाल खुल्छन्।

तालमा डुंगा चढेर अनदु फेदीबाट उकालो चढे स्तुपा पुगिन्छ । छोरेपाटनतिरबाट ट्याक्सीमा जान सकिन्छ।

सूर्योदय र हिमाल हेर्न सराङकोट र काहुँकोट छन्।

गुम्बा धेरै छन्। माटेपानी, हेम्जा सबैतिर। तालवाराही मन्दिर छ। विन्ध्यवासिनी र भद्रकाली मन्दिर। मियापाटनमा मस्जिद।

बास बस्न फेवा किनारमा रमाइलो हुन्छ। त्यहाँ अत्याधुनिक होटल÷रेस्टुराँ छन्। संसारभरका परिकार पाइन्छ। अबेरसम्म निदाउँदैन लेकसाइड। मिठो दालभात पाक्छ, थकालीका भान्छामा।

पृथ्वीचोक, महेन्द्रपुल र सिर्जनाचोकतिर पनि छन् होटल।

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि। काठमाडौंको कलंकीबाट बिहानैदेखि बस तथा माइक्रो छुट्छन्। कान्तिपथबाट बिहान सात बजे छुट्ने टुरिस्ट बस आरामदायी हुन्छ। हवाई यात्रा ३० मिनेट।

प्रकाशित: २४ चैत्र २०७४ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App