७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीद्वारा इलेक्ट्रोनिक सामान बरामद

धादिङ – धादिङ प्रहरीले चेकजाँचका क्रममा इलेक्ट्रोनिक सामान बरामद गरेको छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका – ९ माजिमटारबाट लुकाइ छिपाई भारत निकास गर्न लागेको इलेक्ट्रोनिक  सामान प्रहरीले बरामद गरेको हो।

शुक्रबार विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा एचआर ५५ एन १९१० नम्बरको ट्रकमा लुकाइ छिपाई भन्सार छली गरी ल्याइएको ८४ कार्टुन इलेक्ट्रोनिक सामान बरामद गरेको हो।

बरामद भएका सामानहरूमा चाइनिज ड्रोन क्यामरा ३ वटा विभिन्न कम्पनीका मोबाइल २३ सय ८० सेट, स्मार्ट वाच (घडी) १७ सय ६० थान, मार्बल चुरोट १७ हजार वट्टा र ड्रोन क्यामरामा प्रयोग हुने ब्याट्री रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

गाडीको चेकजाँच गर्ने क्रममा सामान फेला परेपछि चालक भने भागेका थिए। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गरेका सामानलाई प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का गरी भन्सार कार्यालयमा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक धुर्वराज राउतले बताए।

प्रकाशित: २४ चैत्र २०७४ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App