४ वैशाख २०८१ मंगलबार
राजनीति

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

दोलखा – एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित  सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्।

शक्रबार बिहान लापिलाङको लेप्टुङमा सप्ताहमा सहभागी हुन हिडेका उनलाई सुनखानीको ढुङ्गेबाट अपहरण गरी ६ घण्टा बन्धक बनाइएको हो। स्थानीय माओवादी केन्द्र निकट कार्यकर्ताहरु रुद्र अधिकारी, लक्ष्मण पाण्डे, रिता रिमाल र एमाले कार्यकर्ताहरु डम्बर आचार्य, मीन आचार्य, लगायतले उनी सवार गाडीबाट नियन्त्रणमा लिएर एकान्तमा लगि ६ घण्टा बन्धक बनाएका हुन्।

जिल्ला समन्वय समितिको गाडीमा श्रीमती शान्ता पाण्डे सहित कार्यक्रममा सहभागी हुन हिडेका पाण्डेलाई गाडीबाट ओरालेर जबर्जस्ती अर्कै गाडीमा हालेर स्थानीय कालिनाग क्याम्पसको कोठामा श्रीमती सहित ६ घण्टा थुनिएका हुन्।

दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई मुक्त गरेको थियो। पाण्डेले मोबाइल समेत खोसेर आफुलाई ६ घण्टा मानसिक यातना दिएको बताएका छन्।

कालिञ्चोक गाउँपालिकामा केन्द्र विवाद छ। सुनखानीका केही स्थानीयले सुनखानीमै केन्द्र राख्न माग गर्दै पाण्डेलाई अपहरण गरी बन्धक बनाएको हुनसक्ने बताइएको छ। हालको अस्थायी केन्द्र सुनखानीमै छ। सुनखानीको केन्द्र पायक नभएपछि पायक पर्ने स्थानमा केन्द्र सार्ने तयारी भईरहेको थियो। यस अघि समेत सुनखानीका केही स्थानीयले गाउँपालिका बैठकमै गाउँपालिका अध्यक्ष बिनकुमार थामी माथि हातपात गरेका थिए।

अपहरणमा संलग्नहरुलाई प्रहरीले अझै पनि पक्राउ गरेको छैन्।

प्रकाशित: २४ चैत्र २०७४ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App