८ वैशाख २०८१ शनिबार
समाज

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

तिलोत्तमा – १६ औँ राष्ट्रिय ज्योतिष एवं वास्तु सम्मेलन शुक्रबारबाट बुटवलमा शुरु भएको छ। 

नेपाल ज्योतिष परिषद्को आयोजना तथा ज्योतिष परिषद् प्रदेश नं ५ को संयोजनमा शुरु भएको सो दुई दिने सम्मेलनमा 
मुलुकभरका ३०० भन्दा बढी ज्योतिषहरुको सहभागिता रहनेछ। 

ज्योतिष पेशालाई अझ बढी व्यवस्थित र मर्यादित बनाउन लुम्बिनी घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन सम्पन्न हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले बताए। 

ज्योतिष शास्त्रविहिन मुहूर्तको महत्व र मृत्यु संस्कारमा विकृति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले मृत्यु संस्कार १३ दिनभन्दा तल घटाउन नहुने बताए। 

सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले धार्मिक परम्परा र मान्यतालाई वैज्ञानिक ढङ्गबाट परिमार्जित गरी नयाँ पिँढीलाई धार्मिक संस्कारको जानकारी गराइराख्न ज्योतिषको भूमिका महत्वपूर्ण रहने बताए। 

विश्व ज्योतिष संघका अध्यक्ष लोकराज पौडेलले ज्योतिषको पेशागत मान्यता नेपाल सरकारले दिलाउन प्रेरित गर्न सम्मेलनको आयोजना गरिएको बताए। 

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले सरकारले पर्वमा गरेको कटौतीप्रति गम्भीर ध्यानाकर्षण भएको धारणा व्यक्त गरे। 

प्रा श्रीकृष्ण अधिकारीले ज्योतिषले मनगढन्त कुरा गरेर विकृति तथा विसङ्गति फैलाउने काम बन्द गरी समाजलाई अनुशासित र मर्यादित बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए। रासस

प्रकाशित: २३ चैत्र २०७४ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App