६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री ओलीसँग राहुल गान्धी र मनमोहन सिंहको भेट

काठमाडौं- भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कांग्रेसका नेताहरुसँग भेट गरेका छन्। प्रधानमन्त्री ओलीले भ्रमणको पहिलो दिन कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेताहरुसँग भेट गरेका हुन्।

आज बिहान भारत प्रस्थान गरेका प्रधानमन्त्री ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। ओलीले दिउँसो नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै लगानीका लागि नेपाल भूमि अझै पनि नविन रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरेका हुन् ।

 

प्रकाशित: २३ चैत्र २०७४ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App