७ वैशाख २०८१ शुक्रबार
राजनीति

घर जान खोजेका कर्मचारीलाई पिंजडा राख्दैनौ : मन्त्री पण्डित

पाल्पा- ‘नानाथरी सुविधा लिएर घर जान्छु भन्ने होईन पहिला कर्म गर अनि फल आँफै मिल्नेछ। घर जान खोजेकालाई पिंजडा र हतकडी खोजी खोजी थुनेर राख्नु मलाई छैन,’–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पंण्डीतले भने। उनी भन्छन्, कर्मको कमीका कारण नेपाल र नेपाली गरिब भयो, देश अविकसित, सुशासनको कमी, सेवा प्रवाह समेत सहज र सरल हुन सकेको छैन।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशमा सम्पन्न सबै निर्वाचनसँगै राजनीतिक सङ्क्रमणकाल सकिएको र प्रशासनीक सङक्रमणकाल सुरु भएको बताए । सामुदायिक रेडियो मदनपोखरको २० औं वार्षिकोत्सवको अवसरमा मन्त्री पण्डितले सङक्रमणकाल कर्मचारीबाट सुरु भएता पनि आफुले चालु आवको असारमसान्तसम्म यसलाई सक्ने गरी काम गरिरहेको बताए। ‘जनप्रतिनिधीहरु निजी स्वार्थमा लागे विकास अवरोध हुनेछ । अब सँधै विदेश भ्रमणमात्र गर्ने होईन यसका लागि कार्यविधि बनाउँदै छु। केन्द्रले पठाएको नीति जस्ताको तस्तै पास गर्ने होइन। स्थानीय आवश्यकता अनुसार बनाउनु भनेको हो। आफ्नो सुविधामा जनप्रतिनिधि केन्द्रित भए जनता ढाँटिनेछन्। जनप्रतिनिधीको सुविधा खोस्न केन्द्रीय सरकार होईन सङकट समाधान गर्नमा केन्द्रीत छ,’–मन्त्री पण्डितले भने।

 '‘देश र सरकारलाई ढाँट्ने र सेवालाई बदनाम गर्नेलाई एकछिन् पनि छुट दिन्न। कि सेवा गर्नुस्, होईन भने छाड्नुस्। सबैभन्दा धेरै आकर्षण लोक सेवामा छ । म युवा पुस्ताबाट काम गर्छु । अब काम नगर्नेलाई दण्डित र राम्रो गर्नेलाई पुरस्कृत गर्छु,’’–सामान्य प्रशासन मन्त्री पंण्डीतले भने, ‘देशमा समस्या छ भनेर विदेश भाग्ने होईन् समस्या समाधान गर्न लागि परौं विकास सम्भव छ । परिवर्तन हुन्छ । हामीले गर्नुपर्छ ।’ युवाले विदेश गएर भन्दा स्वदेशमै केही गर्नुपर्छ । उनी भन्छन्, निराशा त्यागौं, उत्साह जगाऔं, विकास समृद्धि हाम्रै कारणले आउँछ । हामी गन्तव्यमा पुग्छौं । मन्त्री पंण्डीतले प्रधानमन्त्री केपी शर्माले ओलीले भारत भ्रमणबाट साझा अवधारणा बनाएर स्वदेश फर्कने बताए।

मन्त्री पंण्डीतले नेपालमा प्रतिव्यक्ति आम्दानी ८ सय ४४ डलर रहेको बताउँदै सन् २०२१ सम्म १ हजार २ सय ४४ पुर्‍याएर विकाशसिल देश बनाउने बताए। अब रसायनिक पदार्थ तथा मल प्रयोग गरेर अस्पतालहरु भर्नुहुन्न । सबै सचेत भएर जिम्मेवारी बोध गर्नु छ । काठमाण्डौंमा साढे आठ गुणा बढी कार्बनमोनोअस्साईड भएका कारण जीउन कठिन भैसक्यो । सबैले विवेक पुर्‍याउँ, उनले भने।

प्रकाशित: २३ चैत्र २०७४ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App