७ वैशाख २०८१ शुक्रबार
खेल

स्मिथ र वार्नरले प्रतिबन्ध स्विकारे

सिड्नी – अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ अझै राष्ट्रिय टिमबाट खेल्ने तीव्र इच्छा भए पनि आफूमाथि लागेको प्रतिबन्धका विरुद्ध कुनै अपिल नगर्ने बताएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान गत साता बल टेम्परिङ घटना सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलिया(सिए)ले स्मिथ र उपकप्तान  डेभिड वार्नरमाथि एक वर्ष र ओपनर क्यामरुन बेनक्रफ्टमाथि ९ महिना को प्रतिबन्ध लगाएको  थियो । त्यस्तै उप–कप्तान डेभिड वार्नरले पनि सिएको प्रतिबन्धको निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्।

घटनामा सार्वजनिक भएपछि स्मिथले योजनाबद्ध रूपमै बल टेम्परिङ गरेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी दिने बताएका थिए । त्यस्तै वार्नर र बेनक्रफ्टले पनि माफी मागिसकेका छन्।

तीनै खेलाडीले सिएको निर्णयविरुद्ध बिहीबारसम्म निर्णयविरुद्ध अपिल गर्न पाउने भएपन कसैले पनि निर्णयविरुद्ध अपिल गरेनन्।
स्मिथ, बेनक्रफ्टले प्रतिबन्धपछि क्रिकेटमा फर्कने बताए पनि वार्नरले भने अस्ट्रेलियाली टोलीबाट नखेल्ने घोषणा गरिसकेका छन् ।
 ‘क्रिकेट अस्ट्रेलियाको निर्णय म स्वीकार गर्छु, देशको प्रतिनिधित्व गर्दै फेरि पुनरागमन गर्नेछु,’ स्मिथले सामाजिक सन्जालमा ट्विट गरेका छन्।

‘म क्रिकेट अस्ट्रेलियाले गरेको प्रतिबन्धको निर्णयको सम्मान गर्छु,’ स्मिथले भने, ‘तर मभित्र अझै अस्ट्रेलियाली राष्ट्रिय टोलीबाट खेल्दै पुनः नेतृत्वमा फर्कने तीव्र इच्छा छ । आशा छ, एक वर्षको अन्तरपछि  म पुनः अस्ट्रेलियाली जर्सीमा देखा पर्नेछु।’

घटना सार्वजनिक भएपछि राजस्थान रोयल्सका कप्तान स्मिथ र सनसाइजर्स हैदराबादका कप्तान वार्नरमाथि प्रतिबन्ध लगाएको थियो। यता क्रिकेट अस्ट्रेलिन एसोसिएसन (एसिए)ले बुधबार प्रतिबन्धमा परेका तीन खेलाडीलाई अपिलको मौका दिनुपर्नेमा जोड दिएको  छ।

कप्तान स्मिथप्रति साहनुभूति देखाउँदै अध्यक्ष डायरले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाए पनि घरेलु प्रतियोगितामा भने सोचविचार गर्नुपर्ने धारण व्यक्त गरेका हुन् । घटना सर्वाजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्मिथलाई एक टेस्ट खेलमा प्रतिबन्ध र म्याच फीको रकम जरिवाना गरेको थियो।

प्रकाशित: २३ चैत्र २०७४ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App