coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा

मजुमदारले अामाकाे शव लुकाएर राखेकाे फ्रिज । तस्बिर : एजेन्सी

कोलकत्ता – भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

शुभ्रबता मजुमदार नामक ति व्यक्तिले आमाको पेन्सन लिनका लागि त्यसो गरेको हुन सक्ने प्रहरीकाे आशंका छ।

भारतमा सरकारी सेवाबाट निवृत्त भएपछी जीवित रहुञ्जेल पेन्सन दिने व्यवस्था छ।

छाला कारखानामा काम गर्ने ति व्यक्तिले आफ्नी आमाको शवलाई जोगाएर राख्न सके पुनर्जन्म हुने विश्वाशमा त्यसो गरेको प्रहरीसामु बयान दिएका छन् । 

उनले शव कुहिन नदिन आफूले काम गर्ने ठाउँबाट विभिन्न रसायनहरू ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि प्रहरीले उनका बुवालाई समेत हिरासतमा लिएको छ।

 

प्रकाशित: २३ चैत्र २०७४ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App