७ वैशाख २०८१ शुक्रबार
समाज

शहरका अस्पताल गाउँमा सार्ने तयारी

खोटाङ – राजधानी काठमाडौंबाट सञ्चालन हुँदै आएको फेमिलि हेल्थ केयर एण्ड ईजी (ईमरजेन्सी एण्ड जनरल) अस्पताललाई खोटाङमा स्थानान्तरण गर्ने तयारी थालिएको छ।

काठमाडौं धुम्बाराहीचोकमा रहेको अस्पताललाई राज्यको पुनः संरचनासँगै खोटाङमा स्थानान्तरण गर्ने तयारी थालिएको हो। प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्लालाई लक्षित गर्दै अस्पताललाई शहरबाट गाउँमा सार्ने तयारी थालिएको जनाइएको छ।

अस्पताल स्थानान्तरणका लागि दिक्तेलमा कबिकुमार राईको संयोजकत्वमा बिहीबार शेयर संकलन, सम्पर्क र समन्वय समिति गठन गरिएको छ। शुभन्द्र राई, पञ्चकुमार राई, नैत्र कट्वाल, पूर्णमायाँ तामाङ, धनीराम राई, हात्तीराम राई लगायत ९ सदस्यीय समिति गठन गरिएको हो।

भविष्यमा प्रदेशको पहाडी क्षेत्रभित्रै नर्सिङ, अहेव, अनमी लगायतका विषय पढाउने लक्ष्यकासाथ अस्पताललाई स्थानान्तरणको तयारी थालिएको हो। भरपर्दो स्वास्थ्य सेवा लिन राजधानी पुग्नुपर्ने बाध्यता अन्त्याका लागि सुविधा सम्पन्न अस्पताललाई दिक्तेलमा सार्न लागिएको हो। हाल डा. केके राई अध्यक्ष रहेको अस्पताल स्थानान्तरणका लागि मकरचन्द्र राईको अध्यक्षतामा तदर्र्थ समिति बनिसकेको छ।

प्रकाशित: २३ चैत्र २०७४ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App