coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘लगानीका लागि नेपाल नविन छ, अवसर नगुमाउनु !’

कार्यक्रममा प्रधानमन्त्री ओली। तस्बिर: नेपाली दूतावास नयाँ दिल्ली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
आज शुक्रवारदेखि भारतको तीन दिने राजकीय भ्रमण सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीमा नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै लगानीका लागि नेपाल भूमि अझै पनि नविन रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हरेक क्षेत्रमा हामीलाई ठूलो लगानी चाहिएको छ । लगानीका लागि नेपाल नविन भूमि हो । जहाँ लगानी गरेपनि उच्च फाइदा छ । लगानीका लागि प्रतिष्पर्धा पनि छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई तीन–चौथाईको समर्थन रहेकोले राजनीतिक स्थायित्व कायम भएको एवं नीतिगत शासनको निरन्तरता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपालका आर्थिक योजना बारे जानकारी दिंदै भने, ‘हामी सन् २०३० सम्म मध्यम आय हुने मुलुक बन्न चाहन्छौं र जतिसक्दो चाँडो अतिकम विकसित मुलुकको दर्जाबाट माथि उठ्न चाहन्छौं ।’

‘भारतका लगानीकर्ताहरुले विश्वभर लगानी विस्तार गरिरहेको सन्दर्भमा पल्लो ढोका जस्तै छिमेकी मुलुकमा किन लगानी गर्न नहुने?’ प्रधानमन्त्री ओलीले भने, ‘भौगोलिक निकटता, सहज पहुँच, साँस्कृतिक समानताका कारण नेपालमा सुखानुभूति प्राप्त गर्नुहुनेछ । त्यसैले अवसर नगुमाउनुहोस्!’

‘लगानीकर्ताले सँधै बजार हेर्ने गर्छन्’ ओलीले भने, ‘नेपालको अवस्था हेर्नुहोस् । हाम्रा लागि बजारको कुनै समस्या छैन । उत्पादन नै समस्या हो । विश्वका उदियमान अर्थ शक्तिहरु चीन र भारतबीचमा रहेको नेपाल साढे २ अर्ब जनसंख्याको पहुँचस्थल बन्नसक्छ ।’ प्रधानमन्त्री अोलीले लगानीकर्तालाई गरेकाे सम्बोधनकाे पूर्ण अंश पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: २३ चैत्र २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App