coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

ललितपुर (रासस)- पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ।  रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए।
रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ। उनी भन्नछन्, “त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।”
यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो । गत कात्तिकबाट काठ काट्न अनुमति लिने काट्ने र ढुवानी गर्न थालिएको थियो।
ललितपुरकै लामाटारबाट लस्सी जातको काठ ल्याउन अझै बाँकी छ । उनी भन्छन्, “अरु सबै काठ आएकाले अब नियमित काम हुनेछ ।”
पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल पुर्‍याइन्छ। रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ ।
रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । सहकालका देवता मानिने मत्स्येन्द्रनाथ पाटनमा छ महिनामा र छ महिना बङ्गमतिमा रहन्छन् । पाटनमा झण्डै छ महिना रहदा विभिन्न किसिमका जात्रा पर्व हुनेगरेको छ ।
 

 

प्रकाशित: २३ चैत्र २०७४ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App