coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुंवर, ढकारी गाउँपालिका अध्यक्ष धनवहादुर वुढालाई स्वास्थ्य संस्था हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्दै। तस्बिरः नागरिक

अछाम – अछाम जिल्लाका सबै स्वास्थ्य संस्था चैत पहिलो साताबाट स्थानीयतहलाई हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुंवरमार्फत सबै स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो।

जिल्लामा ४ नगरपालिका र ६ गाउ“पालिका छन्। नगरपालिका र गाउ“पालिकास्तरमा रहेका स्वास्थ्य संस्था अब स्थानीय सरकारको मातहतमा सञ्चाल नहुने भएको हो। जिल्लामा रहेका ७२ स्वास्थ्य चौकी, कमलबजार र चौरमाण्डौमा रहेका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, मंगलसेन र साँफेबगरमा रहेको दुई वटा शहरी क्लिनिक र दुई वटा सामुदायिक स्वास्थ्य इकालाई शुक्रबारबाट स्थानीयतहको मातहतमा गएका छन्। स्वास्थ्यमन्त्रालयको परिपत्र बमोजिम जिल्लाका सबै स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए।

ढुंगानाका अनुसार स्वास्थ्य संस्थाहरू जिल्ला स्वास्थ्य कार्यालयको नरहेर औपचारिक रुपमा स्थानीय तहको मातहतमा रहेको घोषणा गरेका छन्। समन्वय समितिका संयोजक कुंवरले १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेका हुन्। स्थानीयतहलाई हस्तान्तरण गर्नुपर्र्ने विषयगत कार्यालय मध्ये स्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो।

स्थानीयतहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरू स्थानीय तहमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारलगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीयतहलाई हस्तान्तरण गरिएको ढुंगानाले बताए। सोही अवसरमा सबै स्थानीय तहका प्रमुख उपप्रमुखसँग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका विषयमा छलफल समेत भएको छ। स्वास्थ्यका कर्मचारी भने अहिले जुनजुन स्थानीय तहमा काम गरिरहेका छन्। उनीहरूको समायोजन भने नीतिगत रुपमा कर्मचारी समायोजन विधेयक अनुसार मात्रै हुनेछ। कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकास बिष्टले स्वास्थ्य संस्था स्थानीय तहलको मातहतमा आइसकेपछि आफूहरूलाई जिम्मेवारी थपिएको बताए।

प्रकाशित: २३ चैत्र २०७४ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App