७ वैशाख २०८१ शुक्रबार
समाज

लुटपाट गर्ने दुई पक्राउ

कोहलपुर – लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अटो रिक्सा चालकबाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने प्रकाश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूले फागुन २९ गते राती कोहलपुर–१२, चप्परगौडीका रा १ ह ११६० नम्बरको अटोरिक्सा चालक भुपेन्द्र शाहीबाट नगद र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

उनका अनुसार आरोपीहरू गोर्खा स्कुलनजिक जाने भन्दै कोहलपुर बसपार्कबाट अटो रिक्सा चढेका थिए। ‘त्यहाँबाट अझ अगाडि हो भन्दै बैजनाथ–४, नौलापुर गाउँको भित्रीबाटोमा लगेर करिब ९ बजेतिर लुटपाट गरेको देखिन्छ,’ उनले भने, ‘फरार रहेका उनीहरूलाई बिहीबार कोहलपुर बसपार्क गेटअगाडिबाट पक्राउ गर्न सफल भयौँ ।’ यसमा अन्यको पनि संलग्नता हुन सक्ने देखिएकाले थप अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।

प्रकाशित: २३ चैत्र २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App