७ वैशाख २०८१ शुक्रबार
खेल

विराटनगरद्वारा काठमाडौंसामु १६५ रनको लक्ष्य पेश, बाबरको उत्कृष्ट प्रदर्शन

धनगढी – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आजको एकमात्र खेलमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको विराटनगरले काठमाडौंसामु १ सय ६५ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।

विराटनगर किङ्सलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएकाे हाे। विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। हयात १७.५ ओभरमा टिमको स्कोर १३३ रन हुँदा सुबोथ भाटीको बलमा बोल्ड आउट भए।

पहिलो विकेटको रुपमा टिमको स्कोर ३८ रन हुँदा अनिल कुमार शाह राशिद खानको बलमा ललित राजवंशीको हात बाट क्याच आउट भए।

विराटनगरले ९.१ र ९.४ ओभरमा लगातार विकेट गुमायो। ९.१ ओभरमा टिमको स्कोर ७० रन हुँदा दिलिप नाथ व्यक्तिगत ३३ रन जोड्दै ललित राजवंशीबाटै आउट भए भने ९.४ ओभरमा ललितकै बलमा सुब्हम कामत ० रनमा सहाब आलमबाट क्याच आउट भए।

११.५ ओभरमा विराटनगरले चाैंथो विकेट गुमायो। पवन सर्राफ २ रनमा ललित राजवंशीकै बलमा टिमको स्कोर ७६ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए।

विराटनगरको १७ औं ओभरमा १२० रन जोड्दा अर्को विकेट पतन भयो। बसन्त रेग्मी १३ बलमा १० रन जोडदै रन आउट भए।
त्यस्तै १८.२ ओभरमा अर्का खेलाडी पृथु बास्कोटा ११ रनमा क्याच आउट भए। उनी रसिद खानको बलमा नरेश बुढाएर बाट क्याच आउट भए।

विराटनगरले ८ औं विकेटका रुपमा १९.४ ओभरमा सौरभ खनाललाई गुमायो। खनाल ९ रन जोडदै रन आउट भए।
त्यस्तै कप्तान पारस खड्काले नटआउट ८ रनको योगदान दिए।

काठमाडौंका लागि ललित राजवंशीले ३ रासिद खानले २ तथा सुवोध भाटीले १ विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल हुन्।

काठमाडौं प्रतियोगितामा अहिलेसम्म खेलेका तीनमध्ये तीनवटै खेल जितेर शीर्ष स्थानमा छ। विराटनगरले यसअघि खेलेका तीनमध्ये दुई खेल जितेको छ। काठमाडौंले प्लेअफमा स्थान पक्का गरिसकेको छ भने आजको खेल जिते विराटनगर पनि प्ले अफमा पुग्नेछ। पहिलो खेलमा पराजित विराटनगरले दोस्रो र तेस्रो खेलमा भने जित निकालेको थियो।

प्रकाशित: २३ चैत्र २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App