खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

शुक्रबार, २३ चैत २०७४, ११ : ४२ नागरिक

सल्लेरी-  फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन्।

सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए। अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ।

सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एक-एक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको पोष्टका प्रमुख तामाङले बताए। काठमाडाैँ, ललितपुर तथा भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले बताए।

२०७२ को फागुन महिनामा १,५९० र २०७३ को फागुन महिनामा २,७१७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति तीन हजार ३९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६९५ राजश्व संकलन गरेको छ।

फागुन महिनामा पर्यटकबाट रु ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad