coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

तस्बिर सौजन्यः नेपाली राजदूतावास नयाँदिल्ली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ९ बजे भारततर्फ प्रस्थान गरेका थिए।

दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि ओली पहिलो विदेश भ्रमणमा भारत गएका हुन्।  ओलीले तीनदिने भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App