coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

डडेल्धुरा- देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ।

देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२-०७३ मा चार, आव २०७१÷०७२ मा छ जबर्जस्तीका घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जगाएको जनचेतनाका साथै प्रहरीको सक्रियताका कारणले जबर्जस्ती करणीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

प्रहरीको तथ्यांकअनुसार जबर्जस्तीका घटना शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा मात्रै भएका छन् । यसैगरी, जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले तीन महिनामा जिल्लाका सातवटै स्थानीय तहमा जबर्जस्ती करणीका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी जबर्जस्ती करणीका घटनालाई न्यूनीकरण गर्नका लागि तीनमहिने कार्ययोजनासमेत बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।रासस
 

प्रकाशित: २३ चैत्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App