coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा चरिकोटमा ‘सडक महोत्सव’

दोलखा – दोलखा सदरमुकाम चरिकोटमा नयाँ वर्षमा सडक महोत्सव हुने भएको छ।

नयाँ वर्ष २०७५ सुरु हुने अघिल्लो दिन चैत ३० गते सुन्दर पर्यटकिय नगरी चरिकोटको मुख्य बजार क्षेत्रमा बुद्धनगर टोल सुधार समितिको आयोजना र बजारका अन्य आठवटा टोल सुधार समितिको सहआयोजनामा सडक महोत्सव आयोजना हुन लागेको हो।

नयाँ वर्ष मनाउन हजारौंको संख्यामा दोलखा भित्रिने पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। चरिकोट बजारको सातदोबाटो चोकदेखि पशुपतिडाँडासम्म महोत्सवमा विशेष कार्यक्रम हुनेछ। त्यस्तै सातदोबाटो चोकदेखि चरिघ्याङ, पाटी खोला र बसपार्क क्षेत्रमा समेत महोत्सव विशेष हुनेछन्।

आयोजकका अनुसार महोत्सवको दिन चैत ३० गते चरिकोट बजारको सातदोबाटो चोकदेखि पशुपतिडाँडासम्मको सडक क्षेत्रमा यातायात आवागमन बन्द गरिनेछ। होटल तथा रेस्टुरेन्ट सडक किनारामा निकालिने आयोजकले जनाएको छ। जिल्लाका विशेष खानाका परिकारसहितको स्टल राखिनेछ। त्यस्तै आयोजकका अनुसार विभिन्न प्रायोजक कम्पनीका समेत स्टल रहनेछ। बुद्धनगर टोलमा सांस्कृतिक कार्यक्रम गरिनेछ। चरिकोट बजार क्षेत्रमा उक्त दिन दिपावली गरिने आयोजक समितिकी संयोजक एवं बुद्धनगर टोल सुधार समितिका संयोजक सविना मानन्धर श्रेष्ठले जानकारी दिइन। श्रेष्ठका अनुसार चैत ३० गते दिउसो ११ बजे उद्घाटन समारोह चल्ने र ३ बजेबाट राती १० बजेसम्म खाना महोत्सवसहित स्टल खुल्ला गरिनेछ। साँझमा स्थानीय ब्यान्डका कन्सर्ट र नृत्यसहित सांस्कृतिक कार्यक्रम आयोजना हुने मानन्धरले बताईन्।

दोलखाको पर्यटन विकासको मुख्य लक्ष्यसहित महोत्सव सम्पन्न गर्न लागिएको आयोजकको भनाइ छ। सडक महोत्सवको नारा ‘हाम्रो रहर, सुन्दर स्वच्छ सफा र हराभरा चरिकोट सहर’ राखेका छन्। नयाँ वर्षका दिन वैशाख १ गते बिहान महोत्सव समापन हुने समितिका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए। श्रेष्ठले महोत्सवमा पर्यटकका लागि सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने आभास दिलाउने गरी आयोजकले कार्यक्रम व्यवस्थापनको योजना बनाइरहेको सुनाए। महोत्सवमा भीमेश्वर नगरपालिका मुख्य आयोजक रहनेछ।

प्रकाशित: २३ चैत्र २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App