८ वैशाख २०८१ शनिबार
अर्थ

कावासोतीमा एभरेस्ट बैंक

काठमाडौं – एभरेस्ट बैंकले नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेललगायत सहभागी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले हाल ८० शाखा, सात एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र एक सय १३ एटिएमबाट सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७४ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App