४ वैशाख २०८१ मंगलबार
राजनीति

मधेसी मोर्चाले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।

मंगलबार तमलोपा कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले उक्त दिनलाई कालो दिनको रुपमा मनाउँदै देशैभरी ब्ल्याक आउट गर्ने निर्णय गरेको हाे।

मोर्चाले मधेसको सीमांकन नसकिएसम्म स्थानीय निकाय पुनर्संरचना आयोगको काम तत्काल रोक्न सरकारसँग आग्रह गर्नेसमेत निर्णय गरेको मोर्चाका नेता केशव झाले जनारकारी दिए।

मधेस आन्दोलनका मृतकलाई सहिद घोषण, क्षतिपूर्ति, घाइतेलाई उपचार खर्च दिनेलगायत सरकारले गरेको निर्णय कार्यान्वयन गर्न मोर्चाको तर्फबाट ३ सदस्य र सरकारका तर्फबाट ३ सदस्य सम्मिलित हुने गरी ६ सदस्यीय समिति गठन गर्न आग्रह गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए।

 

प्रकाशित: ८ भाद्र २०७३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App