८ वैशाख २०८१ शनिबार
राजनीति

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छ : नेता पौडेल

दमौली- नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन्। 

घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिरसमेत गरे। 

जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र चाहना पूरा गर्न नसक्ने विचार उनले व्यक्त गरे। रासस

प्रकाशित: २२ चैत्र २०७४ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App