पुराना वामपन्थी नेता रेग्मीको निधन

बिहिबार, २२ चैत २०७४, १९ : ३१ नागरिक

काठमाडौ‌– पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा विहीबार निधन भएको छ। 

विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित चार नेतामध्ये रेग्मी पाल्पाबाट निर्वाचित भएका थिए। अन्य विजयी नेतामा तुल्सीलाल अमात्य (ललितपुर) तथा शेख फरमान र हरदयाल महतो (रौतहट) थिए। रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको जुझारु र सक्रिय नेता थिए। नेपालको किसान आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो। खास गरेर पाल्पाको किसान आन्दोलन उनको नेतृत्वमा नै चलेको थियो। 

विसं २०१७ पुस १ गते तत्कालीन राजाले प्रतिगामी कदम चाल्दा उनी पहिलो दिनमा नै गिरफ्तारीमा परेका थिए भने लामो समयसम्म कारागार जीवन भोग्नुपर्यो। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायत धोबीघाट पुगेका थिए। उनका श्रीमती तथा एक छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि चितवन देवघाटमा शुक्रबार गरिने नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य सुनिलकुमार मानन्धरले जानकारी दिए। 

उनको निधनप्रति नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दुःख व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। ‘स्व रेग्मीको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवनसाथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad