मासु नखाएको कारणले जागिर खोसिएको हैनः नेपाली सेना

बिहिबार, २२ चैत २०७४, १७ : ३५ नागरिक

काठमाडौंः नेपाली सेनाका प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाइ राजीनामा दिएकाले प्रक्रियागत रुपमै उनी सेवाबाट अलग भएको नेपाली सेनाले स्पष्ट पारेको छ।

मासु नखाँदा आफ्नो जागिर खोसिएको र डर धम्की दिइएको भन्दै प्युठ खाँले विभिन्न निकायमा याचना गरेको खवर नागरिकन्यूज डट कम बाट बुधवार सम्प्रेषित भएको थियो।

समाचारप्रति आपत्ति जनाउँदै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बांके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेषित तथ्यहीन छ।’

यसैगरी सेनाको भान्सामा मासु नखाने साकाहारी सबै व्यक्तिलाई फलफुल, दुध÷दही जस्ता खाद्य वस्तुको व्यवस्था भएकोले कसैलाई पनि जवरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको सेनाले स्पष्ट पारेको छ ।

नेपाली सेना एक समावेशी संगठन भएको जनाउँदै नेपाली सेनाको विज्ञप्तिमा सबै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो समाजमा सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने खालका गतिविधि सम्प्रेषण गर्दा संवेदनशील हुन पनि आग्रह गरिएको छ ।
पढ्नुहोस् नेपाली सेनाको विज्ञप्ती (पूर्णपाठ)

श्री जनसम्पर्क तथा सूचना निर्देशनालय

नेपाली सेनाको ध्यानाकर्षण सम्बन्धमा
प्रेश नोट

मिति: २०७४ चैत्र २२ गते ।

१.    अनलाईन पत्रिका ‘नयाँखोज २४ डटकम’ (nayakhoj24.com) र ‘नागरिकन्यूज डटकम’(nagariknews.com) मिति २०७४÷१२÷२१ गते प्रकाशित ‘सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो’ भन्ने शिर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२.    नेपाली सेना आफैंमा एक समावेशी संगठन भएकाले सम्पूर्ण भाषा, भाषी, जात जातिका व्यक्तिहरुको धर्म, संस्कृति, रितिरिवाज तथा परम्पराको सधै उच्च सम्मान गर्दै आईरहेको र सो सन्दर्भमा नेपाली सेनाको स्विकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने साकाहारी सकलदर्जालाई उक्त स्केल बराबरको रकमबाट फलफुल, दुध÷दही जस्ता खाद्य वस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट नै रहेकोले पनि भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने आशयको समाचार आधारहीन र कपोलकल्पित भएको स्पष्ट हुन्छ ।

३.    मिति २०६०÷१०÷५ गते सैन्य दर्जामा भर्ना भई बांके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेशित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ ।

४.    साथै, यस प्रकारको समाचार प्रसारण पूर्व नेपाली सेनाको सम्बन्धित निकायमा सोधपुछ गर्न सकिने व्यवस्था रहँदा रहदै सो नगरेको देखिन्छ । सवै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो जस्तो समाजमा यस्ता आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने वास्तविकता तर्फ सम्बन्धित सबै सम्वेदनशील भई भविष्यमा समाचार सम्प्रेषण हुने कुरामा नेपाली सेना विश्वस्त रहँदै प्रेशित समाचार सच्याउन ध्यानाकर्षण समेत गर्दछौं ।  







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad