८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इटहरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहामा विहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। 

बिहान ९.१५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको बा १७ च १०९७ नम्बरको जीप अनियन्त्रित भएर पल्टिदा सप्तरी रायपुर वडा नं. १ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृतक रुवीकी १४ वर्षीया छोरी अंसु र दुई वर्षीय छोरा कुलदीप घाइते भएका छन्। जीप पल्टिदा घाइते हुने अन्यमा धनुषा भरतपुर वडा नं. २ घर भएका चालक ३० वर्षीय बुद्दलाल विक, तनहुँ डुम्रे वडा नं. १ का २२ वर्षीय अशोक अधिकारी र  सप्तरी रायपुर वडा नं. १ कै ३५ वर्षीय पवनकुमार यादव छन् । घाइते सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। 

प्रकाशित: २२ चैत्र २०७४ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App