५ वैशाख २०८१ बुधबार
राजनीति

राजपाले सांसदबाट १० हजार लेबी लिने

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १० हजार लेबी उठाउने निर्णय गरेको छ। सिंहदरबारमा विहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदबाट १० हजारका दरले लेबी लिने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए। 

प्रतिनिधिसभामा राजपाका १७ सांसद छन् भने राष्ट्रियसभामा २ सांसद छन्।

यस्तै, बैठकले संसदीय दलको विधान र नियमावलीहरु बनाउने जिम्मेवारी नेता लक्ष्मणलाल कर्णलाई दिएको छ। विधान र नियमावली बनेपछि राजपाले संसदीय दलको नेता चयन गर्नेछ।

कैलाली १ बाट निर्वाचित रेशम चौधरीको व्यवस्थापन गर्ने सन्दर्भमा सरकारलाई दबाब दिने निर्णय पनि बैठकमा भएको छ। टीकापुर घटनाको मुख्य आरोपीका रुपमा चौधरी अहिले कारागारमा छन्।

महासचिव झाका अनुसार तराईमा असिनापानीले बालीमा क्षती पुर्याएको भन्दै राजपाले सरकारसँग क्षतिपूर्ती समेत माग गरेको छ।

यसअघि बुधबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले आफ्ना नेता कार्यकर्ताविरुद्ध कार्यकर्ताले नै दिएको उजुरी १५ दिनभित्र फिर्ता लिन आग्रह गरेको थियो। 

निर्वाचनमा अन्तर्घात तथा असहयोग गरेको भन्दै पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश नेताविरुद्ध केन्द्रीय कार्यालयमा परेका उजुरी फिर्ता लिन अध्यक्ष मण्डलले निर्देशन दिएको हो।

प्रकाशित: २२ चैत्र २०७४ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App