coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

काठमाडौं– एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्। 

प्रहरीले लमजुङ चन्द्रश्वेरका मोहन दुरा, दोर्दीका पशुपति अधिकारी, तनहुँ व्यासकी यमुना खड्का र कास्की रुपाका रमेश कुमाललाई बुधबार पक्राउ गरेको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ।

उनीहरुले नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुवाउने, शान्ति सेनामा पठाइदिने तथा पोल्याण्ड, अमेरिका र क्यानडा पठाइदिने भनेर ठगी गरेका हुन्। 

उनीहरुले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीका लागि २ लाख, सेनाको सेकेण्ड लेफ्टीनेन्टका लागि ७ लाख र पोलल्याण्डलगायत देशमा पठाइदिने भनेर १ लाख ५० का दरले करिब १ करोड १५ लाख उठाएका थिए। 

प्रहरीका अनुसार मोहन दुराले सेनाको बहालवाला जम्दार तथा जर्नेलको पीए हुँ भन्दै र यमुनाले राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती हुँ भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेका थिए।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी काठमाडौं परिसरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App