coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालिका अपहरण गरी खोलामा फाल्ने युवक पक्राउ

रौतहट– रौतहटमा एक युवकले बालिकालाई अपहरण गरी पुलबाट लालबकैया खोलामा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन्। मर्यादपुर गाँविस–१ का हिरालाल मुखियाकी ४ वर्षीया छोरीलाई मंगलवार राति अपहरण गरी कटहरियाका बालकिशोर चौरसियाले लालबकैया खोलाको पुलबाट राति नै फालेको स्वीकार गरेका हुन्।

मुखियाको घरमा राति सबै सुतिसकेपछि चौरसिया राति १ बजे घरभित्र प्रवेश गरेका थिए। हजुर आमासँग सुतिरहेकी बालिकालाई उठाई उनकै घरको साइकलमा लिएर देवाही र पतौराको बीचमा रहेको लालबकैया नदीको पुलबाट बालिकालाई फालेको प्रहरी समक्ष चौरसियाले बयान दिएका छन्।
 
मुखियाको घरबाट राति नै बालिका शीलाकुमारी मुखिया र साइकल हराएको प्रहरीलाई जानकारी गराएपछि बिहान तीन बजेबाट नै बालिकाको खोजीमा जुटेको प्रहरीले चौरसियाको कटहरियास्थित घरबाट साइकल बरामद गरेपछि चौरसियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो।

प्रहरीले केरकार गर्दै जाँदा बालिकालाई पुलबाट राति नै खोलामा फालेको बयान दिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन्। बालिकाको खोजीमा रहेको प्रहरीले अहिलेसम्म बालिकालाई फेला पार्न सकेको छैन। वकैया नदीमा स्थानीय बासिन्दा तथा पौडिवाज प्रहरी लगाएरसमेत बालिकाको खोजी गरिरहेको र चौरसियाको बयानको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसअघि पनि चौरसियाको घरबाट एकैपटक २२ वटा साइकल बरामद भएको र चोरीको आरोपमा तीन वर्षपहिले केही समय जेल सजाय समेत भोगेका थिए।

 

प्रकाशित: ८ भाद्र २०७३ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App