coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमान खानलाई ५ वर्ष जेल

मुम्बई– कालो हरिण शिकार मामिलामा सलमान खानलाई ५ वर्षको जेल सजायँ सुनाइएको छ। 

जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको हो। फैसलामा सलमानलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गर्ने तयारी भइरहेको छ। यद्यपी सलमानका वकिल जमानतका लागि अपिल गर्ने तयारीमा छन्। 

अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएको छ। 

सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको आरोपमा सलमानविरुद्ध २० वर्षदेखि जोधपुर अदालतमा मुद्दा चलिरहेको थियो।

प्रकाशित: २२ चैत्र २०७४ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App