८ वैशाख २०८१ शनिबार
समाज

महानगरको नियन्त्रणमा छाडा चौपाया (फोटो/ भिडियो)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ। बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो। 

महानगरले सडकमा त्यतिकै छाडिएका गाई, गोरु, बाच्छा, लगायतलाई नियन्त्रणमा लिएको हो । २९ वटा छाडा  गाई तथा गोरु नियन्त्रणमा लिइएको छ।

महानगरका अनुसार नियन्त्रणमा लिइएका उक्त चौपायाहरूको विहीबार दिउँसो साढे २ बजे लिलामी गरिनेछ । गत आर्थिक वर्षमा महानगरले २८० चौपाया नियन्त्रणमा लिएको थियो भने १०४,६००  रुपैयाँमा लिलामी गरेका थियो। 

फाेटाे/ भिडियाे : प्रतिक रिमाल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App