coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

धनगढीविरुद्ध ब्याटिङ गर्दै विराटनगरका कप्तान पारस खड्का।

धनगढी – विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीलाई १८ रनले हरायो।

विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी १०९ रनमा समेटियो। धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमेदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन जोडे। अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन्।

विराटनगरका लागि पवन सर्राफले ४, पारस खड्का र बसन्त रेग्मीले २–२ तथा सुब्हम कामतले १ विकेट चडकाए। पवनले अन्तिम ओभरमा धनगढीको ३ विकेट लिएका थिए। पवन खेलको म्यान अफ दि म्याच घोषित भए।

यसअघि कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किङ्सलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो।

विराटनगरका लागि सर्वाधिक स्कोर पवन सर्राफले जोडे। पवनले ३४ बलमा १ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए। त्यस्तै अनिल कुमार शाहले १९ बलमा २४, सुब्हम कामतले ११ बलमा १८ र बाबर हयातले ८ बलमा १५ रन बनाए।

धनगढीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र सोमपाल कामीले २–२ तथा ललित भण्डारी, र सम्शेद शेखले एक–एक विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र टिम चौराह धनगढीको कप्तान सोमपाल कामी हुन्।

पहिलो खेलमा पराजित विराटनगरले दोस्रो खेलमा भने जित निकालेको थियो। यसअघिका तीनमध्ये धनगढीले दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा पराजित धनगढीले दोस्रो र तेस्रो खेलमा जित निकालेको थियो। आजको चौंथो खेलमा भने धनगढी पराजित भएको छ।

आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन्।

प्रकाशित: २२ चैत्र २०७४ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App