तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

बिहिबार, २२ चैत २०७४, १२ : ०० नागरिक

बाबियाचौर-  बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ।

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध रु दुई करोड ७४ लाख ६० हजार ४६० कूल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २५३ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धिबहादुर चोखालले जानकारी दिए।

उनका अनुसार नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । रु दुई लाख ७४ हजार ६०४ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले रु ५२ लाख १७ हजार ४८७ बराबरको श्रमदान गर्नुपर्नेछ ।

सरकारले रु दुई करोड १९ लाख ६८ हजार ३६८ अनुदान उपलब्ध गराउने जनाइएको छ । विसं २०७२ मा सर्वेक्षण भएको आयोजनाका लागि गत वर्ष सामान खरिद गरिएको थियो भने यस वर्षदेखि पूर्वाधार निर्माण शुुरु भएको छ।

काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०-२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने सचिव चोखालले बताए।

चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ।

स्थानीयवासीको अग्रसरतामा सडक विस्तार

बेनी नगरपालिका–१० पात्लेखेतका बासिन्दाको पहलमा सडक विस्तार भएकोे छ।

जग्गा मासिने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध र अवरोध गर्दा कतिपय ठाउँमा सडक विस्तारको काम प्रभावित बनेको अवस्थामा पात्लेखेतबासीले सडक फराकिलो बनाउन खेतबारी मात्र नभएर नगद नै सहयोग गरेका छन् ।

बेनी नगरपालिका–९ को सिमानामा पर्ने गिठीनीदेखि पात्लेखेत हुँदै रघुगंगा गाउँपालिका–५ झिँको सीमा क्षेत्र हिला जोड्ने दुई किलोमिटर ४०० मिटर सडक फराकिलो बनाएर विस्तार गरिएको हो ।बेनी नगरपालिकाले चार लाख विनियोजन गरेको योजना सम्पन्न गर्न रु १३ लाख खर्च भएको अध्यक्ष रोकाले बताए।

नगरपालिकाको अनुदान अपुग भएपछि आमा समूह, वन उपभोक्ता समूह, युवा क्लबको सहयोग र उपभोक्ताबाट चन्दा संकलन गरेर सडक विस्तार गरिएको रोकाले बताए।रासस

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad