७ वैशाख २०८१ शुक्रबार
खेल

सिटीको च्याम्पियन्स लिग यात्रा कठिन,लिभरपुलसँग स्तब्ध

काठमाडौं – च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा बुधबार राति दुई इङलिस क्लबहरूबीचको खेलमा लिभरपुल ३–० ले विजयी भएको छ। लिभरपुलले तीन वटै गोल पहिलो हाफमा गरेको थियो।

१२ औं मिनेटमा मोहोमद सलाहको गोलमा अग्रता लिएको लिभरपुलले २० औं मिनेटमा अक्सलेड चेम्बरलेनको गोलमा अग्रता दोब्बर बनायो। त्यस्तै ३१ औं मिनेटमा सादियो मानेले अर्को गोल गरेपछि लिभरपुलले अग्रता तेब्बर पार्यो। पहिलो हाफमा ३ गोल गरेको लिभरपुलले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन् र सिटीलाई पनि गोल गर्न दिएन्।

क्वाटरफाईनलको पहिलो लेगमा निकालेको जितसँगै लिभरपुलले सेमिफाइनल प्रवेशको सम्भावना बलियो पारेको छ। सिटीले भने अब अघिल्लो चरणमा प्रवेश गर्न दोस्रो खेलमा ४ गोल गर्नुपर्नेछ। यो सिजनको प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीलाई तेस्रो स्थानको लिभरपुलले स्तब्ध बनाएको हो।

प्रकाशित: २२ चैत्र २०७४ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App